
इलाम।प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले मंगलबार इलाममा सरकारले अत्याधिक कर वृद्धि गरेको विरोधमा प्रदर्शन गरेको छ । प्रदर्शनपछि इलाम चोक बजारमा भएको कोणसभाका वक्ताले सरकार नागरिक प्रति उत्तरदायी हुनुपर्नेमा जोड दिए ।
उनीहरूले नागरिकको ढाड सेक्ने सरकारको करलाई व्यवस्थापन गरेर संघीयताको मर्म र भावनालाई नागरिकसम्म पु¥याउनु पर्ने बताए । सरकारले नागरिकको हरेक विकासको नाममा लगाएको कर र मूल्य वृद्धिले नागरिकलाई झन गरिब बनाउने भएकाले सरकारको यस्तो व्यवहारलाई व्यवस्थापन गर्न माग समेत गरे ।
ठूलो टुँडीखेलबाट सरकार विरुद्ध नाराबाजी गर्दै निस्किएको जुलुस बजारको परिक्रमापछि चोक बजारमा पुगेर कोणसभामा परिणत भएको थियो । सभाका वक्ताले सरकारको कार्यशैलीलाई सुधार गर्दै नागरिकको विकास र समृद्धिमो चाहनालाई पूरा गर्न आग्रह गरे ।
विरोध प्रदर्शनमा डा.गोविन्द केसीसँग भएको सहमति अक्षरंश कार्यान्वयन गर्न पनि माग गरिएको थियो । संघ र सातै प्रदेशसभामा सभामुख र उपसभामुख पदमा भाग बण्डा, मिलाइनु पर्ने, मूल्यवृद्धि नियन्त्रण गुर्नपर्नेलगायत विभिन्न १५ बुँदे मागमा राख्दै बिभिन्न नारा लेखेका प्लेकार्ड सहभागीहरुले बोकेका थिए ।



1029 पटक हेरिएको 






