राजनीतिक नेतृत्वले आर्थिक नियम कानुनभित्र बस्नुपर्छ: प्रमओली

  सरलपाटी सम्वाददाता

 439 पटक हेरिएको


काठमाडौं।प्रधानमन्त्री केपीशर्मा ओलीले राजनीतिक नेतृत्वले आर्थिक नियमकानुनभित्र बस्नु पर्ने बताएका छन् ।
महालेखा परीक्षकको २०७४÷०७५ लेखा परीक्षण सम्बन्धी बैठकमा मंगलबार सिंहरदबारमा भएको बैठकमा प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन ।
राजनीतिले देशलाई बाटो देखाउने भएकोले राजनीतिक व्यक्तित्वहरुले यस बिषयमा गम्भिर हुनुपर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
कार्यालयहरुमा बेरुजु बढ्नु मुलुकको सुशासनका लागि राम्रो संकेत नभएको प्रधानमन्त्रीले बताए । ‘के कारणले बेरुजु भएको हो ?’ प्रधानमन्त्रीओलीले भने, ‘जानाजान बेरुजु गर्नु भनेको भ्रटाचार हो त्यसमा संलग्नलाई कानुनी कारबाहीगर्नुपर्दछ ।’
प्रधानमन्त्री ओलीले भ्रष्टाचार र अनियमितता गर्ने राज्यका कुनै पनि निकायले उन्मुक्ति नपाउने बताए । बढ्दो बेरुजुले अन्तर्राष्ट्रिय जगतमा पनि नेपालको शाख गिराउने प्रधानमन्त्री ओलीको भनाइ छ । ‘नेपाली भ्रष्टचार गर्ने र ठगठाग गर्ने जातीहोइन’ प्रधानमन्त्री ओलीले भने, ‘तर हामीमामौलाएको महत्वकांक्षा र गलत संस्कारले नेपालीलाई भ्रष्टाचारतिर तान्यो । यो क्रमलाई अबयही बिरामलगाउनु पर्दछ ।’
बैठकमा महालेखा परीक्षक टंकमणी शर्माले आर्थिक बर्ष २०७४÷०७५मा ४८ अर्ब रुपैंयाँ बेरुजु देखिएको जानकारी दिनुभयो । बैठकमा प्रधानमन्त्रीका मुख्य सल्लाहकार बिष्णु रिमाल र मन्त्रालयका सचिवहरुको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार