इलाम।वैकल्पिक उर्जा प्रवद्र्धन केन्द्रको सहयोगमा इलाम नगरपालिका –५ मा रहेको सप्तमाई गुरुकुल संस्कृत माध्यमिक विद्यालयमा पाँच लाख मुल्य बराबरको सोलार जडान हुने भएको छ ।
सोलार बत्ती जडान गर्न गुरुकुलले ५० हजार हजार रुपैयाँ जम्मा गर्नुपर्ने र सो रकम देउमाई नगरपालिकाका निर्माण व्यवसायी दिपक गौतमले दिने भएका छन् । गौतमले गुरुकुलको तर्फबाट जम्मा गर्नुपर्ने रकम सहयोग गरेपछि साउन २० गते सम्ममा सोलार जडान हुने सप्तमाई गुरुकुल संस्कृत माध्यमिक विद्यालयका व्यवस्थापन समितिका सल्लाहाकार तोयानाथ भट्टराईले बताए । यसभन्दा अघि अमर मावि बरबोटेलाई समेत सोही रमक बराबरको सोलार वैकल्पिक उर्जा केन्द्रले जडान गरिदिएको छ ।