सहकारी मार्फत कृषिको आधुनिकीकरण सहज: प्रम ओली

  सरलपाटी सम्वाददाता

 578 पटक हेरिएको


काठमाडौं।प्रधानमन्त्री केपी शर्मा ओलीले सहकारी मार्फत कृषिको आधुनिकीकरण गर्न सहज हुने बताएका छन् ।
राष्ट्रिय सहकारी महासंघका उपाधक्ष्य ओमदेवी मल्ल लगायत तीनजना सहकारीकर्मीलाई नेपाल कम्युनिष्ट पार्टी प्रवेश गराउंदै सो कुरा बताएका हुन् ।
सरकारले भू–उपयोग सम्बन्धी नीति बनाएर कृषि उत्पादनको वृद्धी गर्ने बताए । सहकारी मार्फत सामुहिक खेतीको अवधारणा ल्याउनु पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ ।
संविधानसभामा नेपाली कांग्रेसका तर्फबाट सभासद रहनुभएकी मल्लले कांग्रेस प्रजातान्त्रिक पार्टी नरहेको र नेकपामा प्रजातान्त्रिक वातवरण भएकोले नेकपामा प्रवेश गरेको बताइन् ।
मल्लका साथमा सहकारीकर्मीहरु विजयसुन्दर खड्का र रीता बराल पनि नेकपामा प्रवेश गरेका छन् । पार्टी प्रवेश कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहाल, प्रवक्ता नारायणकाजी श्रेष्ठ, महासचिब बिष्णु पौडेल, स्थायी समिति सदस्य बिष्णु रिमाल, केशव वडाल लगायतको उपस्थिति थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार