प्रहरीले गाँजा नष्ट गर्यो

गाँजा खेती गर्ने एक जना नियन्त्रणमा

  सरलपाटी सम्वाददाता

 782 पटक हेरिएको


इलाम।इलामको देउमाई नगरपालिका–६ स्थित वाफ्रुङका एक घरमा खेती गरिएको गाँजा प्रहरीले आइतबार नष्ट गरेको छ । देउमाई नगरपालिकाका मानबहादुर राईको घरमा प्रहरीको टोलीले गाँजा खेती फँडानी गरेको हो । उनकै घरमा लुकाई राखेको ३ सय ग्राम गाँजा बरामद समेत प्रहरीले बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार गाजा खेती गर्ने र तयारी गाजा लुकाएर राख्ने मानबहादुर राईलाई समेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार