पाहुना आएकी आमामाथि दुव्र्यवहार प्रयास

  सरलपाटी सम्वाददाता

 406 पटक हेरिएको


इलाम।भारतको दार्जिलिङबाट छोरी भेट्न नेपाल आएकी ७२ वर्षीया एकमाथि सूर्योदय नगरपालिका–५ का ३० वर्षीय पासाङ तामाङले यौनजन्य दुव्र्यवहार प्रयास गरेका छन् । साउन ६ गते एउटी छोरीको घरबाट अर्की छोरीको घर हिंडेकी वृद्धालाई समालबुङको शान्ति बजार नजिक बाटो चिप्लो छ भन्दै सहयोग गर्नै बहानामा तामाङले बलात्कार प्रयास गरेको प्रहरीको भनाइ छ ।
सहयोग गर्ने बहानामा वृद्धाको शरीरमा जथाभावी हात हालेपछि वृद्धाले होहल्ला गरेकी थिइन् । वृद्धाले होहल्ला गरेपछि स्थानीय भेला हुँदा आरोपित तामाङ भने भागेका थिए । घटना पछि फरार रहेका तामाङलाई पक्राउ गरि जिल्ला अदालतमा जबरजस्तीकरणी उद्योग सम्बन्धी मुद्दा दर्ता गरिएको इलामका प्रहरी कार्यालयका प्रहरी निरिक्षक हेमराज ओलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार