जनताबाट अस्विकृत भएकाहरुको चुरीफुरी ठीक छैन: प्रम ओली

  सरलपाटी सम्वाददाता

 633 पटक हेरिएको


काठमाडौं।प्रधानमन्त्री केपीशर्मा ओलीले जनताबाट अस्विकृतहरुको भएकाहरुको चुरीफुरी उपयुक्त नहुने बताएका छन् ।
नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को संसदीयदलको बैठकलाई आज बालुवाटारमा सम्बोधनद गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताए ।
प्रधानमन्त्री ओलीले संसदमा साँसदहरुलाई सरकारका काम कारबाहीका बारेमा डटेर कुरा राख्न निर्देशन दिनुभएको छ । ‘संसदीयअभ्यासमाअभ्यस्तभइसकेका साथीहरुले अगुवाइगर्ने नयाँ साथीहरुले त्यसलाई पछ्याउने गर्नुप¥यो‘ प्रधानमन्त्री ओलीले भने, ‘शीर्ष नेताहरुले सरकार, नीति तथा कार्यक्रम र बजेटका पक्षमा खुलेर कुरा राख्नु पर्छ । जसले गर्दा संसद र जनतामा पनि राम्रो सन्देश प्रवाह हुन्छ ।’
संसदमा एक दुईजनाउभिएका भरमा संसद अवरुद्ध हुनदिनु नुहुने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्रीओलीले असोज ३ गते सम्ममा कानुनहरु बनाइ सक्नु पर्ने भएकोले संसद अवरुद्धताले यो कार्यसुचीलाई असर गर्ने बताएका छन् । ‘यी सबै काम समयमै सक्नका लागि हाम्रा सांसदहरुले सभामुख र राष्ट्रिय सभाका अध्यक्षलाई बल दिनु पर्दछ ।’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले सरकारले मन्त्रालय विभाजन ग¥यो भन्नुको कुनै तुक नभएको बताए । ‘संविधानले २५ वटासम्म मन्त्रालय र मन्त्री बनाउन अधिकार दिएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘त्यस कारण आवश्यकताअनुसार मन्त्रालय विभाजन गरिएको हो ।’
वर्तमान सरकार थपना नभएकोले सक्रियतापूर्वक कामगर्ने बताए । ‘यस सरकारलाई असफलहुने छुट छैन’ प्रधानमन्त्री ओलील भने ‘यसलाई असफल हुन पनि दिइदैन ।’ वर्तमान सरकार बनेपछि बेथिती र भ्रष्टाचार घट्दै गएको भन्दै प्रधानमन्त्री ओलीले भने,
‘कतै भ्रष्टचार भएको थाहाँ पाउनुभयो ? भयो भने भन्नुहोस् म अनुहार नहेरी कार्वाही गर्छु ।’
कार्यक्रममा प्रधानमन्त्रीओलीले डा.गोविन्द केसीको अनसन तोडाउनका लागि सहयोग गर्ने सबैलाई धन्यवाद ज्ञापन गरेका छन् ।
कार्यक्रममा नेकपाका अध्यक्ष पुष्पकमल दाहालले पनि पार्टी सरकार विरुद्ध भइरहेका षडयन्त्रलाई चिर्नुपर्ने बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार