भनिन्छ, दशा बाजा बजाएर आउँदैन ।
सही हो, कुनैपनि दुर्घटना पूर्व सूचना बिना नै आउँछ । त्यसैले दुर्घटना भइसकेपछि कसरी बच्ने भन्दा पनि हुनुअघि कसरी सर्तक रहने भन्ने कुरा महत्वपूर्ण हुन्छ ।
तर, कुनैपनि अवस्थामा दुर्घटना हुनसक्छ । जहाँ पनि, जहिले पनि, जसरी पनि ।
यस्ता संभावित दुर्घटनाबाट हुने क्षतिबाट बच्नका लागि प्राथमिक उपचारको आवश्यक हुन्छ । प्राथमिक उपचार भनेको कुनैपनि घाइतेको प्रारम्भिक उपचार हो, जसले ठूलो जोखिम घटाइदिन्छ ।
कुनैबेला घरमा सामाग्रीहरु झरेर चोट लाग्न सक्छ, कहिले हामी भर्याङमा चिप्लन सक्छौ । कहिले कुकुरले टोक्न सक्छ । कहिले सर्पले डस्न सक्छ । यावत् अप्ठ्याराबाट बच्नका लागि प्राथमिक उपचारको आवश्यक्ता हुन्छ । र, त्यसका लागि घरमा राख्नैपर्छ, प्राथमिक उपचार बक्स । चलन चल्तीको भाषामा, फस्र्ट एड किट ।
प्राथमिक उपचार बक्समा केहि उपकरण, औषधी आदि राख्न सकिन्छ । यी सामाग्रीको सही प्रयोग हामी आफै पनि गर्न सक्छौं । यसको प्रयोगबारे स्वस्थ्य केन्द्रहरुबाट तालिम पनि लिन सकिन्छ ।
फस्र्ट एड किट कसरी बनाउने ?
बजारमा सजिलै खरीद गर्न सकिने यस्ता किटमा आवश्यक पर्ने सामानहरु राखेर घरमै पनि तयार पार्न सकिन्छ ।
घरमा तयार पारिएको यस्ता किटलाई परिवारका कुनै पनि सदस्यले सजिलै फेला पर्ने ठाउँमा राख्नुपर्छ । र, आवश्यक परेको बेला सजिलै खोल्न तथा प्रयोग गर्न सकिने गरी सबैले देख्ने ठाउँमा हुनुपर्छ ।
के के राख्ने ?
आकस्मिक अवस्थामा प्रयोग गरिने यस्ता किटमा यस्ता सामाग्री राखिनु पर्छ जसमा उक्त सामाग्री कुन समस्यामा कसरी प्रयोग गर्ने र यसको प्रयोगले कसरी समस्या कम गर्न सकिन्छ भनेर स्पष्ट उल्लेख गरिएको होस् ।
त्यसैले, उक्त किटमा मर्केको ठाउँमा पट्टी (यान्डेज) भए, नभएको सुनिश्चित गन जरुरी छ । फस्र्ट एड सम्बन्धि कक्षा लिएको खण्डमा खुट्टा मर्किदा सही तरीकाले पट्टी गर्न सकिन्छ ।
त्यस्तै, घाउ छोप्न गज वा कपास भए, नभएको तथा उक्त कपास तथा पट्टीलाई छालामा टाँस्नका लागि मेडिकल टेप भए, नभएको सुनिश्चित गर्न जरुरी छ ।
फस्ड ऐड किटमा सामान्य चोटपटकमा प्रयोग गरिने सामान्य टेप ‘व्याण्डएड’ पनि राख्न जरुरी छ । जसको प्रयोगले सानोतिनो घाउ हुदाँ रगत बग्न दिँदैन ।
त्यस्तै, खुला घाउलाई सफा गर्न रविङ्ग अल्कोहल, घाउ सफा गर्ने क्रममा संक्रमण नहोस् भन्नका लागि ह्याण्ड स्यानिटाईजर तथा हात काटेमा वा पाछिएमा संक्रमण नहोस् भन्नका लागि एन्टीबायोटिक कि्रम राख्न पनि जरुरी छ ।
हुन त फस्र्ट एड किटमा अन्य धेरै कुरा समावेश गर्न सकिन्छ, त्यो व्यक्ति र आकस्मिक अवस्थामा भर पर्छ ।
फस्ट ऐड किटको प्रयोगले सबै उमेर समूहका मानिसलाई दुर्घटनाबाट बचाउन सकिने हुदाँ यसलाई हरेक घरमा राख्न जरुरी छ । दुर्घटना जहिले पनि हुनसक्छ ।
त्यसैले, यस्ता किटलाई सपरिवारको पहुँचमा हुने गरी राखिएको खण्डमा जस्तोसुकै ठूलो दुर्घटनाबाट पनि परिवारका सदस्यालाई बचाउन सकिन्छ । यसले घाउ कम गर्न मद्दत गर्ने मात्र नभई सामान्य चोटपटकलाई गम्भीर हुनबाट समेत बचाउँछ ।
त्यसैले, आकस्मिक अवस्थामा प्रयोग गरिने यस्ता किट घरमा जगेडा हुन निकै आवश्यक छ ता की सामान्य चोटपटकमा समेत यसको प्रयोगद्वारा उक्त चोटपटकलाई गम्भीर हुनबाट सजिलै बचाउन सकियोस् ।
यस्ता किटलाई हावा नपस्ने चिसो तथा खुला ठाउँमा राखिनुु पर्छ । साथै बालबालिकाको पहुँचबाट टाढा राखिनु पर्छ ।
सम्भवतः इन्फोग्राफिक्समा पनि प्रयोग गर्न सकिन्छ ।
फस्र्ट एड किटको प्रयोग ?
किटाणुको संक्रमणबाट बचाउन
काटेको तथा चोटपटकका कारण हुनसक्ने संक्रमणको क्षति न्यून गर्न सकिने
भाचिएको -हात, पाखुरा,खुट्टा, प्लास्टरमा राखेर धरै क्षति एंव दुखाई न्यून गर्न सकिन
धेरै रगत खेरजानबाट तत्का खोक्न सकिने
फस्ट एड किटमा राखिने औषधीको सुची ?
-ज्वरो
-दुखाई कम गर्ने
-एलर्जी
-अरु सामान्य रोगहरु (जस्तै पेट दुखेको, टाउको दुखेको, झाडापखाला तथा वान्ता रोक्ने )
कहाँ कहाँ प्रयोग गर्न सकिन्छ फस्ट एड किट बक्स
-घरमा
-पिकनिक
-हाइकिङ्ग
-घुमघाम
-पारिवारिक घुमघाम
-विकेन्ड आउटिङ्ग
-खेलकुद