माइभ्याली गोल्डकपको छैटौ सस्करण इलाममा सुरु

१० टिमले प्रतिष्पर्धा गर्ने

  सरलपाटी सम्वाददाता

 442 पटक हेरिएको

इलाम । अन्तर्राष्ट्रिय आमन्त्रण माइभ्याली गोल्डकप फूटबल प्रतियोगिताको छैटौ संस्करण विहीबारबाट इलाममा सुरु हुने भएको छ । जिल्लाको इलाम नगरपालिकाको ठूलो टुडिखेलमा हुने प्रतियोगितामा १० टिमको सहभागिता रहनेछ । जसमा ४ वटा विदेशी टिम सहित नेपालका ६ वटा टिमले प्रतिष्पर्धा गर्ने माईभ्याली फुटबल क्लब इलामका अध्यक्ष धिरेन चेम्जोङ्गले जानकारी दिए ।

उनका अनुसार, आजको उद्घाटन खेलमा कोहिमा ईगल फुटबल क्लब नागाल्यान्ड भारतले गोर्खा ब्वाईज क्लब रुपन्देहीसँग पहिलो प्रि–क्वाटरफाइनलमा प्रतिस्पर्धा गर्दैछ । फागुन १६ गते भने आयोजक माईभ्याली फुटबल क्लब र ग्यान्टोक सिटी फुटबल क्लब सिक्किमबिच दोश्रो प्रि–क्वाटरफाइलनको लागी प्रतिस्पर्धा हुनेछ ।

पहिलो क्वाटरफाइनल खेलमा फागुन १७ गते मानेभञ्ज्याङ फुटबल क्लब दार्र्जििलङ र झापा–११ फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ । फागुन १८ गते पहिलो संस्करणको बिजेता ए डिभिजन क्लब त्रिभुवन आर्मीले अर्को ए डिभिजनको क्लब संकटाको सामना गर्ने खेलतालिका रहेको छ ।

तेश्रो क्वारटफाइनल खेलमा फागुन १९ गते नागाल्यान्ड र रुपन्देही बिचको बिजेताले शहिद स्मारक लिग बिजेता मच्छिन्द्र क्लबसँग प्रतिस्पर्धा गर्नेछ । अन्तिम क्वाटरफाइनल खेलमा फागुन २० गते माईभ्याली र सिक्किमबिचको बिजेताले कलकत्ता प्रिमियर लिग क्लब मोहम्मडन स्र्पोटिङसँग प्रतिस्पर्धा गर्नेछ ।

फागुन २१ र २२ गते हुने सेमीफाइनल खेलका बिजेता र उपविजेता बिच फागुन २४ गते फाइनल खेल हुने खेललातिका तय भएको आयोजकले जनाएको छ । यो वर्ष माईभ्याली गोल्डकपको विजेताले ८ लाख र उपविजेताले ५ लाख रुपैया सहित मेडल ट्रफी र मेडल प्राप्त गर्नेछन् । गोल्डकपको टाइटल स्र्पोन्सरको रुपमा नेपाल इन्भेष्टमेन्ट बैंक रहेको छ ।

आजको उद्घाटन खेल प्रदेश नम्बर एकका अर्थमन्त्री इन्द्र बहादुर आङ्गबोले गर्ने क्लवका अध्यक्ष चेम्जोङ्गले बताए । आजको उद्घाटन दिनको २ बजे हुनेछ भने खेल सुरु २ बजेर ३० मिनेटबाट सुरु हुने बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार