फाइनलमा हेलिबोथ बिब्ल्याटे र पशुपतिप्रसाद गण इलाम भिड्दै

१२ टिमको प्रतिष्पर्धा विहीबार अन्त्य हुने

  सरलपाटी सम्वाददाता

 613 पटक हेरिएको

इलाम । इलाम नगरपालिका २ स्थित सुम्बेकमा जारी‘ पुरुष स्तरीय फुटबल फुटबल प्रतियोगिता’मा हेलिवोथ फुटबल क्लब बिब्ल्याँटे र पशुपतिप्रसाद गण इलामले फाइनलको यात्रा तय गरेका छन् ।

बुधबार भएको पहिलो सेमिफाइनल खेलमा हेलिबोथले माइमझुवा फुटबल क्लबलाई ० का बिरुद्ध ५ को फराकिलो जीत दर्ता गर्दै फाइनलको यात्रा गरेको हो भने दोस्रो सेमिफाइनलमा पशुपतिप्रसाद गणले जनता सेभेन फुटबल क्लबलाई ० का विरुद्ध २ गोलले पाखा लगाउँदै अपराजित यात्रा कायमै राखेको हो ।

यस्तै, विहीबार हुने फाइनल खेल दिउँसोको १ बजे आजका दुई विजेता टिम हेलिवोथ र पशुपतिप्रसाद बीच हुने जनाइएको छ । भोलिको खेल प्रतिष्पर्धात्मक र रोचक हुने अनुमान गरिएको छ ।

विजेता टिमले एक लाख एक सय एक रुपैयाँ, उपविजेताले ५० हजार एक सय एक रुपैयाँ सहित टूफी, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छ । गत वर्षदेखि सुरु भएको यो प्रतियोगिता माघ १६ गते सहिद दिवसको अवसरमा सम्पन्न हुने गर्छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार