
दक्षिण कोरिया /रोजगारी,शिक्षा लगायत विभिन्न सिलसिलामा कोरियामा रहेका इलामेली युवाहरुको साझा सामाजिक संस्था “इलामेली समाज दक्षिण कोरिया”को तेस्रो अधिवेशन जनवरी १२ तारिखमा हुने निश्चित भएको छ ।
पूर्वनिर्धारित मिति अनुसार डिसेम्बर २९ तारिखमा गरिने भनिए पनि कोरियामा रहेका अन्य संस्थाहरुको समेत अधिवेशन र विभिन्न कार्यक्रमहरु पर्न गएकोले उक्त मितिमा गर्न नसकिएको संस्थाका सचिव केदार निरौलाले जानकारी गराएका छन ।
करिब ७ बर्ष अघि सामाजिक सेवाको उद्धेश्यका साथ यस संस्थाको स्थापना भएको हो । संस्थाले विभिन्न अभियान मार्फत कोरियामा रहेका नेपालीहरु लगायत नेपालमा समेत विभिन्न कारणले पीडित व्यक्तिहरुलाई आर्थिक सहयोग गर्दै आइरहेको छ । पछिल्लो समय इलाममा संचालित बाल अनाथलयको भवन निर्माणका लागि आर्थिक सहयोग गर्ने उद्देश्यका साथ नेपाली चलचित्र समेत कोरियामा प्रदर्शन गरिएको थियो । जनवरी १२ तारिख राजधानी सौलको तोङ्देमुनस्थित दर्शन नमस्ते रेस्टुरेन्टको सभाहलमा अधिवेशन सम्पन्न गर्ने गरी तयारी गरिएको र सोही अनुसार कोरियामा रहेका सबै इलामेली लगायत अन्य विभिन्न संघसंस्थाहरुलाई पत्राचार गरिसकिएको निरौलाले जानकारी गराएका छन ।


1611 पटक हेरिएको 






