दक्षिण कोरियामा एक युवकले चाकुले सेरेर आत्महत्या गरे

काेरियाकाे दुःख

  शंकर विस्वासी

 873 पटक हेरिएको

दक्षिण कोरिया/ दक्षिण कोरियामा कार्यरत एकजना नेपालीले आत्माहत्या गरेका छन ।
राजधानी सौलबाट करिब ५० किलोमिटर टाढा रहेको पोछन सहरस्थित एक कम्पनीमा कार्यरत पाल्पाका कुशबहादुर थापाले आत्माहत्या गरेका हुन ।
रोजगारीका लागि इ.पि.एस. प्रणाली मार्फत आएका उनी पहिलो ५ बर्षे कर्यकाल सकाएर पून:दोस्रो कार्यकालका लागि कोरिया प्रवेश गरेका थिए । चारजना नेपाली कार्यरत उक्त कम्पनीमा उनि क्याप्टेनका रुपमा कार्यरत थिए ।
सङ्गै कार्यरत नेपालीका अनुसार आफुलाई सन्चो नभएकोले तिमीहरु मात्र थप समय काम गर्नु म कोठामा गएर आरम गर्छु भनेर साँझ करिब ६ बजे कामबाट बिदा लिएर निस्केका थिए । आफुहरु काम सकेर करिब १० बजे राती कोठामा फर्केर आउँदा थापालाई कोठामा नदेखे पछि बाहिर साथी भेट्न वा बजारतिर गएकाे होला भन्ने ठानेर बसेको तर नुहाउन जाने क्रममा बाथरुम नजिकै कन्टेनरको कुनातिर घोप्टो परेर बसेको देखेर बोलाउदा नबोले पछि टर्च बालेर हेर्दा एक चक्कु सहित रक्ताम्य अवस्थामा देखेपछि स्थानीय प्रहरीलाई खबर गरिएको बताए । सङ्गै कार्यरत नेपालीले दिएको बयान, सुसाइड नोट र सीसी टिभी फुटेजका आधारमा थापाले आफुलाई धारिलो चक्कुले घाटिमा रेटेर आत्माहत्या गरेको पुष्टि भएको छ । मृतक थापाले आफ्नो पाइन्टको पछाडिको खल्तिमा  “कुलतको ओभरडोजले चेत गुमाउदै छु,जति दिन यो संसारमा बांचे खुशी र हिम्मतका साथ बांच्न सके प्रभुलाई करोडौं धन्यवाद ” भनेर सुसाइड नोट लेखेर छाडेका थिए ।
यो सब प्रमाणका आधारमा थापाले आत्माहत्या नै गरेको देखिएकोले प्रहरीले त्यही अनुसार प्रक्रिया अघि बढाएको छ । रोजगारीका लागि आकर्षक गन्तव्यको रुपमा रहेको दक्षिण कोरियामा आत्माहत्या, बिरामी र दुर्घटनाका कारण पछिल्लो समय नेपालीहरुको मृत्यु हुनेको संख्या बढी रहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार