
कन्याम।एकता बचत तथा ऋण सहकारी संस्था सूर्योदयनगरपालिका ८ शान्ति चोकको छैटौं बार्षिक साधारण सभा सम्पन्न भएको छ ।
३ करोड ३० लाख ८३ हजार ८ सय १३ रुपैयाँको आय ब्यय बिवरण प्रस्तुत गर्दै सम्पन्न साधारण सभाले विभिन्न शीर्षकमा सहकारीका सदस्यहरुलाई सम्मान गरेको छ ।
लेखा सयोंजक रबिन निरौलाले लेखा परीक्षण प्रतिवेदन प्रस्तुत गर्दै बचत असुली एक करोड ७७ लाख १सय ९७ रुपैयाँ र कर्जा असुली ९९ लाख ३२ हजार ८५ रुपैयाँ भएको जानकारी दिए । यसरीनै ब्याज आम्दानी १४ लाख ८३ हजार १ सय ३ रुपैयाँ, शेयरबाट प्राप्त १० लाख १२ हजार, रेमिट कारोबारबाट ११ लाख ३४ हजार ७ सय ४७ रुपैयाँलगायतको विवरण पेश गरेका छन ।
सहकारीका अध्यक्ष इकाराम प्रधानको अध्यक्षता तथा सूर्योदयनगरपालिका वडा नम्बर ८ का अध्यक्ष सुभाष राईको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा सस्थांका उत्कृष्ट शेयर सदस्यहरुलाई सम्मान गरीएको छ ।
सम्मानित हुनेहरुमा अनिवार्य बचततर्फ उत्कृष्ट निर्मला कटुवाल ऐच्छिक बचत तर्फ उत्कृष्ट गीतामणि आचार्य, बाल बचततर्फ उत्कृष्ट सुमिरन प्रधान, संस्थामा नियमित रुपमा कारोबार गर्ने प्रजितराज गिरी, ब्यापार कर्जा लिएर उत्कृष्ट कार्य गर्ने ख्यामराज प्रधान , गाईपालन कर्जातर्फ सडानन्द घिमिरे नगद सहित सम्मान पत्र द्धारा सम्मानित भएका छन् ।
गत आर्थिक बर्षमा ५ लाखसम्म दिइदैं आएको ऋणलाई बढाएर यस आर्थिक बर्षमा १० लाख पुर्याइएको छ । आर्थिक बर्ष २०७५।०७६ मा कुल शेयर ३७ लाख ६८ हजारबाट बढाएर ५३ लाख २८ हजार पुराउने, बचत निक्षेप १ करोड १८ लाख ४७ हजार ५ सय ७५ रुपैयाँबाट बढाएर १ करोड ७८ लाख ४७ हजार ५ सय ७५ रुपैयाँ पुर्याउने , बैंक मौन्दात गत आर्थिक वर्षको ४६ लाख ६४ हजार २ सय ७६ बाट बढाएर ५६ लाख ७७ हजार ४ सय ५७ रुपैयाँ पुर्याउने लागयतको भावी कार्ययोजना अध्यक्ष प्रधानले प्रस्तुत गरेका थिए । प्रधानले कन्याम क्षेत्र सहकारीको हब भएको बताउँदै निक्कै सफलतापूर्वक आर्थिक कारोबार गरिरहेको सहकारीहरुलाई स्थानीय सरकारले विशेष ध्यान दिनुंपर्नेमा जोड दिदै नगरको विकासको एक बलियो खम्बा सहकारी भएकोले बताए ।
सहकारी सस्थाले अनिवार्य बचतमा ६ प्रतिशत , बाल वचतमा ९ प्रतिशत, १ वर्षे मुद्धति वचतमा ७ प्रतिशत दुई बर्षे मुद्धति वचतमा ८ प्रतिशत एच्छिक वचतमा ४ प्रतिशत जेष्ठ नागरिक बचत तथा महिला बचतमा ८ प्रतिशत ब्याज दिदैं आएको सहकारीका ब्यवस्थापक इश्वर घिमिरेले जानकारी दिए ।


690 पटक हेरिएको 






