स्काउटको दिक्षान्त समारोह, ४९ स्काउट दिक्षित

  सरलपाटी सम्वाददाता

 1005 पटक हेरिएको


अमर माध्यमिक विद्यालयमा रहेका विद्यार्थीहरुको अमर ट्रुप स्काउटको सोमबार दिक्षान्त समारोह सम्पन्न भएको छ ।
तीन महिना लामो प्रशिक्षणबाट प्रशिक्षित भएपछि स्काउटका २८ केटी र २१ केटा विद्यार्थीहरु समारोहमा दिक्षित भएका हुन् । स्काउटर अर्जुन शर्मा, प्रेम सुब्बा र चन्द्रबीर खत्रीले विद्यार्थीहरुलाई स्काउटको प्रशिक्षण दिंदै आएका छन् । कार्यक्रमका प्रमुख अतिथि शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख होमनाथ भण्डारीले स्काउटका विद्यार्थीहरुलाई प्रमाण पत्र वितरण गरेका थिए । कार्यक्रममा जिल्ला स्काउटका आयुक्त कृष्ण गुरुङले विद्यालयमा रहेको स्काउट दल समितिलाई दिक्षान्त प्रदान गरेका थिए । त्यसपछि समितिले विद्यार्थीहरुलाई दिक्षान्त दिएका थिए ।
दिक्षान्तमा प्रमाण पत्रसँगै नेपाल विश्व स्काउटको सदस्य, स्काउट सदस्यको लोगोसमेत स्काउटका विद्यार्थीहरुलाई प्रदान गरिएको थियो ।
दिक्षान्तसँगै शुक्रबार बेलुकी स्काउटका आयुक्त कृष्ण गुरुङको उपस्थितिमा सबै स्काउटका विद्यार्थीहरुलाई क्याममा राखेर फायर क्याम गरिने र शनिबार विहान समापन कार्यक्रमसँगै दिक्षान्त समारोहको कार्यक्रम सम्पन्न हुने विद्यालयका स्काउटर तथा मध्य क्षेत्र स्काउट समितिका संयोजक अर्जुन शर्माले बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्द पौडेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समन्वय इकाईका प्रमुख होमनाथ भण्डारी, प्रअ सोमनाथ निरौला, सहायक प्रअ जयनारायण भट्टराईलगायतले शुभकामना दिएका थिए । कार्यक्रममा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू, शिक्षक तुलाराम पुरीलगायतको उपस्थिति रहेको थियो ।
विद्यालयमा गठित स्काउटले आगलागी पीडितलाई सहयोग, वौद्धिक अपाङ्गता भएका विद्यार्थीहरुलाई भोजन, विद्यालय सरसफाइलगायतका कामहरु गर्दै आएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार