
गत बैशाख २६ गते देखि २९ गतेसम्म इलामको ठूलो टँुडिखेलमा सम्पन्न भएको प्रथम इलाम आमन्त्रित नकआउट भलिवल प्रतियोगिताको आय व्यय सार्वजनिक गरिएको छ । जिल्ला भलिवल संघले पत्रकार सम्मेलन गरेर प्रतियोगीतामा छ लाख ८० हजार ९९० रुपैयाँ आम्दानी भएको र छ लाख ७० हजार रुपैयाँ खर्च भएको जनाइएको छ ।
पहिलो प्रतियोगीताबाट १० हजार रुपैयाँ बचत भएको छ । पहिलो प्रतियोगीतामा एक लाख ५१ हजार रुपैयाँ प्रथम पुरस्कार र ८१ हजार रुपैयाँ दोस्रो पुरस्कार राखिएको थियो । विधागत पुरस्कारमा ७१ हजार पाँच सय, खेलाडी व्यवस्थापनमा एक लाख ६५ हजार रुपैयाँ, खेल सामग्रीमा ९६ हजार, ९० हजार ५५० विविधमा खर्च भएको जनाइएको छ । जिल्ला भलिवल संघले दोस्रो प्रतियोगीताको पनि तयारी सुरु गरेको छ । आउँदो फागुनमा खेल सञ्चालन गर्ने गरेर प्रतियोगीताको आयोजना गर्ने तयारी भइरहेको संघका अध्यक्ष डाकप्रसाद गौतमले जानकारी दिएका छन् ।
दोस्रो अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट पुरुष भलिवल प्रतियोगिताबाट पुरस्कार राशी बढाइने भएको छ । यो पटक पहिलो पुरस्कार दुई लाख एक हजार रुपैयाँ र पहिलो पुुरस्कार एक लाख एक हजार रुपैयाँ राखिएको छ । १० वटा टिम सहभागी हुने प्रतियोगी गर्न आयोजकले तयारी थालेको छ ।


1132 पटक हेरिएको 






