जिल्ला स्तरीय निवन्ध प्रतियोगितामा अमर माविकी सुस्मा प्रथम

  सरलपाटी संवाददाता

 627 पटक हेरिएको

३९ औं विश्व खाद्य दिवसको अवसरमा इलाम सदरमुकाममा भएको सामुदायिक विद्यालयस्तरीय निबन्ध प्रतियोगितामा अमर माध्यमिक विद्यालयकी सुस्मा शिवाकोटी प्रथम भएकी छिन् ।
कक्षा १० मा अध्ययनरत सुस्माले निवन्धमा प्रथम भएबापत नगद दुई हजारसहित प्रमाण पत्र हात पारेकी छिन् । यस्तै, प्रतियोगितामा आदर्श माध्यमिक विद्यालयका धिरेन श्रेष्ठ द्वितीय र भगवती माध्यमिक विद्यालयकी रेखा राय तृतीय भएकी छिन् । द्वितीय र तृतीय हुने प्रतियोगीलाई क्रमश ः एक हजार पाँच सय रुपैयाँ र एक हजार दुई सय रुपैयाँ पुरस्कार प्रदान गरिएको थियो । पुरस्कार कार्यक्रमका अध्यक्ष तथा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेशप्रसाद बराले हस्तान्तरण गरेका थिए ।
दिवसकै अवसरमा ‘हाम्रो पहल ःभोकमुक्त संसार’ भन्ने नाराका साथ यसको प्रवद्र्धन गर्दै पुरस्कार वितरण समारोह समेत सम्पन्न गरिएको थियो । कार्यक्रममा किसान समूह महासंघका अध्यक्ष विष्णुप्रसाद दुलाल र इलाम उद्योग बाणिज्य संघका अध्यक्ष इश्वर चिपालूले आ–आफ्नो धारणा व्यक्त गरेका थिए । कार्यक्रममा ज्ञान केन्द्रका शालिग्राम भट्टराईले स्वागत मन्तव्य तथा कार्यक्रमको औचित्य माथि प्रकाश पारेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार