घटस्थापना र टिकाको साइत एकै समयमा

यसपालीको बडादशैं २०७६

  सरलपाटी सम्वाददाता

 705 पटक हेरिएको


इलाम। हिन्दु धर्मवलम्बीहरूले आश्विन महिनाको शुक्ल प्रतिपदाका दिनदेखि नवमी सम्म९नवरात्रभर०शक्तिको आराधना गरी दशमीका दिन टीका(प्रसाद ग्रहण र विशेष रुपमा पुर्णिमा सम्म दशैं मनाउने गर्छन् ।

यो हिन्दू धर्मवलम्बीहरूले महान चाडको रुपमा मान्ने गरिन्छ। यस वर्ष असोज २१ गते परेको दशैंको टीकाको उत्तम साइत बिहान १० बजेर ३५ मिनेटमा रहेको नेपाल पञ्चाङग निर्णायक समितिले जनाएको छ ।

यसैगरि घटस्थापनाको शुभ साईत भने असोज १२ गते आइतबार बिहान १० बजेर ३५ मिनेटमा नै रहेको नेपाल पञ्चाङग निर्णायक समितिका अध्यक्ष प्राध्यापक डाक्टर रामचन्द्र गौतमले जानकरी दिए ।

उनका अनुसार विजया दशमीको दिन बिहान ८ बजेर ४५ मिनेटमा देवी विर्सजन गरेर टीका ग्रहण गर्न सकिने भएपनि उत्तम साइत भने १० बजेर ३५ मिनेटमा रहेको छ । यस्तै असोज २६ गते आइतबार दशैंको अन्तिम वा क्रोजागत पूर्णिमाको दिन भने जतिबेला पनि जमरा सेलाउन सकिनेछ।

वडा दशैंको पहिलो दिन घरघरमा वैदिक विधिपूर्वक दियो, कलश र गणेश स्थापना गरी घटस्थापना गरिन्छ। यस दिन विधिपूर्वक घट ९घडा० स्थापना गरी त्यही घडामाथि शक्तिस्वरुपा दुर्गाको पूजा आराधना गरिने भएकाले भोलीको दिनलाई घटस्थापना भन्ने गरिएको हो। यस् दिन स्थापना गरिएको पूर्ण कलशको जलले अभिषेक गरि विजया दशमीको दिन दुर्गा देवीको प्रसाद लगाउने गरिन्छ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार