आज उनलाई कसैसँग बोल्ने मन छैन । किनकि उनी बिरामी छिन र उदास देखिन्छन् । तर, नत उनलाई टाउको नै दुखेको हो नत उनलाई ज्वरो नै आएको । असाध्यै बिरामी छिन । सदा झै बिहान आज उनी चाडैँ उठेर कलेज जान सकिन् नत उनी घरमा नै बसेर किताब पढ्न नै । हिजोअस्ति जस्तै गरी मन लगाएर खाना खाएकी छैनन् नत कसैले उनीलाई पकाएर खान पनि दिएको छ । त्यसैले पनि उनी कमजोर छिन् । उनीमाथि अनेक घरायसी काममा बन्देज लगाइएको छ ।
उनको हात खुट्टा बेसकनले दुखेको छ उनलाई आँखा नै हेर्न मन छैन उनी यसरी छटपटिएकी छिन कि दसैंमा आधामात्र टाउको काटिएको खसी जसरी छटपटी रहेको हुन्छ ।
अहँ कसैसँग जवाफ छैन घरका सदस्यकलाई सोध्यो ‘नछुने भएकी छे भन्छन्’, उनका साथीहरूलाई सोध्यो ‘उसले छुनु नै हुदैन’ भन्छन आखिर के हुदैन उसले ? नछुने भएकी छे रे जुनेली के चाहिँ नछुने हो त उसले ? उसलाई नै सोध्यो भने खुलेर बोल्न सक्ने अवस्था नै छैन त ै पनि जुनेली बोल्छिन र भन्छिन ‘मलाई महिनावारी भएको छ’ ।
जुनेलीलाई रजश्वला भएको एक दिन मात्र हुँदैछ यानिकी उनलाई हिजो रजश्वला भएको हो तर उनी महिनौ अघिबाट ठूलो रोगबाट ग्रसित भई बेडमा सिथिल बिरामी सुते जस्ती भएकी छिन् । नत उनले केही खाएकी छिन नत पाएकी नै छन् । नत उनका लागि भान्सा कोठा नै खुला छ ।
के चाहिँ भएको हो त जुनेलीलाइ ?
अहँ कसैसँग जवाफ छैन घरका सदस्यकलाई सोध्यो ‘नछुने भएकी छे भन्छन्’, उनका साथीहरूलाई सोध्यो ‘उसले छुनु नै हुदैन’ भन्छन आखिर के हुदैन उसले ? नछुने भएकी छे रे जुनेली के चाहिँ नछुने हो त उसले ? उसलाई नै सोध्यो भने खुलेर बोल्न सक्ने अवस्था नै छैन त ै पनि जुनेली बोल्छिन र भन्छिन ‘मलाई महिनावारी भएको छ’ । ै
जुनेलीलाई रजश्वला भएको एक दिन मात्र हुँदैछ यानिकी उनलाई हिजो रजश्वला भएको हो तर उनी महिनौ अघिबाट ठूलो रोगबाट ग्रसित भई बेडमा सिथिल बिरामी सुते जस्ती भएकी छिन् । नत उनले केही खाएकी छिन नत पाएकी नै छन् । नत उनका लागि भान्सा कोठा नै खुला छ ।
उनलाई पेट र हातखुट्टा दुखेर जिउँदै मरेको जस्तो भएको छ । तर उनी मर्न पनि सक्दिनन्, उनलाई ढाड दुखेर समाती रहु जस्तो भएको छ त्यति दुख्दा पनि यो बिरामको खास दबाई बनेको छैन रे बाध्य भएर कुनै पेनकिलर खान खोज्छे तर सक्दिन उसलाई डर छ कि पछि बच्चा नहुने सम्भावना हुन्छ रे ।
जुनेली केही खान र कतै जान पो रुचाउँथिन । तर, कसले बुझ्छ र उसको पीडा । ‘उ त नछुने भएकी छे रे’ । आज दिन फरक छ । उनी गरिबभएकै कारणले उनले टालोले च्यापेर बस्न बाध्य छिन ।
पैसा भएको भए प्याड किनेर लगाउँथिन उनलाई थाहा छ प्याड के हो भनी तर किन्न पैसा छैन आमालाइ भन्यो भने त्यही पुरानो साडी च्यातेर दिनु हुन्छ प्रकृतिले उनलाई सारो बिरामी बनाइदिएको छ ।
उनलाई पेट र हातखुट्टा दुखेर जिउँदै मरेको जस्तो भएको छ । तर उनी मर्न पनि सक्दिनन्, उनलाई ढाड दुखेर समाती रहु जस्तो भएको छ त्यति दुख्दा पनि यो बिरामको खास दबाई बनेको छैन रे बाध्य भएर कुनै पेनकिलर खान खोज्छे तर सक्दिन उसलाई डर छ कि पछि बच्चा नहुने सम्भावना हुन्छ रे ।
नत उनी यो नियमलाइ उखालेर फाल्न नै सक्छिन् नत यो नियमलाई काटेर सानो बनाउन नै, उनी त यो सुन्दर सृष्टिको सिर्जना गर्ने खुबी पाउँदा अछूतको उपनाम लागेर रुन बाध्य छिन्, प्रकृतिको नियमलाई त उनले फाल्न सक्दिनन् । प्रकृतिको नियम सँगै अछूत उपनाम लिँदै बिरामी हुन बाध्य छिन् । उनलाई संस्कारले र संस्कारले टाइट कसेर राखेको छ ।

जुनेली त यसको एउटा प्रतिनिधि पात्र मात्र हुन । यस्ता कयौं जुनेली आजपनि एकातिर शारीरिक र अर्कोतिर सामाजिक पिडा सहेर रुन बाध्य छन् । आखिर कहिलेसम्म महिनावारीलाई एउटा जगन्य अपराधको रूपमा हेरिन्छ हाम्रो समाजमा ?
कहिलो सम्म बन्द हुन्छ ति भान्साकोठा ? कहिलेसम्म छोरी नछूने हुनु पर्ने हो ? बुवा दाई बस्ने पिर्कामा कहिलोसम्म बस्न नहुने हो ? कहिलेसम्म तिर्खा लागेर घाँटी सुक्दा पानी तताएर पिउन नपाउने हो त ?
कहिले खुल्छन् ती मन्दिरका भोटे ताल्चा । जुन महिनावारी भएकी छोरीको लागि बन्द हुन्छन् । ‘अब नीति होइन मानसिकता परिवर्तन हुनु पर्छ’महिनावारी महिलाले गरेको अपराध नभएर प्राकृतिक प्रक्रिया हो । जसलाई मुल माध्यम बनाएर नै जन्मिने गर्छन ती महिनावारीलाइ अछूत मान्ने पुरुषहरू ।
हाम्रा वृद्ध आमाहरूसँग त अरू कुनै उपाय नै के थियो र । त्यो समयमा उहाँहरूसँग थियो मात्र डर र लाज । वृद्ध आमाहरूले पहिलाबाटै यही भोगेर यही सिकेर आउनु भयो कतिपय आमाहरूले अहिले ‘हामीले त डरले धेरै कुरा बा¥यौ । तिमीहरू यस्ता कुरीतिको पछि नलाग भन्नु हुन्छ असाध्य खुसी लाग्छ ।
पश्चिम, सुदूर पश्चिमको त के कुरा गर्ने भर्खर मात्रै पनि सुनियो छाउगोठमा एक बहिनीको सर्पको डसाइबाट ज्यान गएको ।
सोच पनि कस्तो नुहाउँदा पओओओओऔखालिने रगत सँगै पाप पनि पखालिने जस्तो पूर्वको यही हो पिडा ।
पूर्वतिर सबै हट्यो यस्ता कुरीति महिनावारी प्राकृतिक प्रकृया हो सबैले बुझ्छन् भनिन्छ तर यहाँको पनि छुट्टै पिडा छ महिनावारी भएकी छोरीले आफैं पानी सारेर पिउन पाउँदिन । आफूले कहाँ कहाँबाट खेजेर ल्याइ रोपेको फलफूल गोडमेल गरी पानी हाल्न पाउँदिन । सबै कुहिएर जान्छ रे, चार दिन पछि नुहाएर चाहिँ अगाडिबाट चाङ लागेको सबै काम गर्दा हुन्छ रे । सोच पनि कस्तो नुहाउँदा पखालिने रगत सँगै पाप पनि पखालिने जस्तो पूर्वको यही हो पिडा ।
मलाई हाम्रो मंगोलियन समाजको आमाबुवा, दाजुभाइ, दिदीबहिनीलाई सलाम गर्दै अंगालो हाल्न मन लाग्छ कतिपयले मंगोलियनहरु असभ्य हुन्छन । धेरै पढेका हुँदैन्न् भन्छन तर उहाँहरूको त्यो सम्मान व्यवहारको शिक्षा सबैले पढ्न आवश्यक छ ।

वास्तवमा शिक्षा त्यो हो जहाँ छोरीलाई रजश्वला हुँदा एक कोठामा थुनेर राखिदैन उनको लागि भान्सा कोठा, मन्दिर, गुम्बा, चर्च सधै खुला हुन्छ । आर्यन समुदायका महिलाको दुखाइले मेरो पनि पूरा शरीर दुख्छ कतिसम्म सहनु र भोग्नु परेको छ ।
भोक लागेको छ पिडा एकातिर भान्सा पस्न मनाही छ उनी उनले छुनु नहुने हेर्नु नहुने भगवानको मन्दिरमा गएर भन्न चाहन्छिन उनी । ‘हे भगवान मलाई छिटै जाती बनाइदेउ तर त्यो पनि असम्भव छ ’उनको लागि मन्दिरमा भोेटे ताल्चा लागेको छ अरू बेला सञ्चो हुँदा सँगै सुत्ने श्रीमान आज रजस्वला भएको दिन टाढा छ । उ आज सँगै छैन र सुत्दैन ।
समस्यामा सहयोग गरेर सान्तवाना दिँदै तिमीलाई प्राकृतिक प्रक्रिया नै त हो भन्दै ढाढस दिँदै अंगालो हाल्नु त कहाँको कुरा अर्को बेडमा उता फर्केर सुत्छ । यस्तै चल्छ आर्यन घरपरिवारमा ।
आखिर किन आजसम्म पनि शिक्षित परिवारमा पनि महिनावारीलाई अछूत भनिन्छ ?
समयको परिर्वतन सँगै हाम्रो समाजपनि परिर्वतन भइरहेको छ समाज परिर्वतनको क्रममा कति सकरात्मक परिर्वतन भए व्यवहारमा लागु भए त कति अक्षरमा सीमित भए । कति त मनमै पनि सीमित भए । महिनावारीलाई शिक्षित सभ्य भनाउदाहरूले यसकारण अछूत भनेको म पाउँछु की उनीहरू जति अशिक्षित, असभ्य केही कुराको ज्ञान नभएको त पशु पनि हुँदैन ।
शरीरिक पिडाका कारण बोल्न नसक्ने अवस्थामा न त पोषिलो खाना खान दिइन्छ न त आफैं बनाएर खान नै दिइन्छ भान्सा कोठामा त पस्नै हुदैंन तर बाहिरको काम सबै गर्न हुन्छ घाँस काट्ने, दाउरा बोक्ने, मल बोक्ने, बारी खन्ने जस्ता काम चाहिँ महिलालाई रजश्वला हुँदा गर्छन् भनेर छुट्याउँछन् । ती काम गर्दा चाहिँ केही पाप लाग्दैन देउता पनि रिसाउदैनन् ।
शिक्षित मानिने परिवारमा पनि रजश्वलाको बेला महिलालाई छेकथुन र छोइछिटो गर्ने गरेको यही वरिपरि देखिन्छ । पश्चिम नेपालको छाउघर प्रथा अन्तराष्ट्रिय रूपमा चर्चित मानिन्छ । पढाउने एउटा गर्ने व्यवहार अर्को । हाम्रो समाजमा यस्ता पात्र अनगिन्ति भेटिन्छन अझ रजश्वलाको सवालमा त पुरुषको व्यवहारमा महिलामाथि दुव्र्यवहार नै दुव्र्यवहार पाइन्छ । महिलाको स्वभाविक मासिक रजश्वला प्रक्रियालाई गर्वको रूपमा लिनुभन्दा सामाजिक धार्मिक रूपमा नियन्त्रण र अपहेलना खिसी गर्ने परम्परा अझै पनि हाम्रो समाजमा देखिन्छ ।

विद्यालयमा विद्यार्थीलाई रजश्वला पाप र अछूत नमानी प्राकृतिक प्रक्रिया भन्दै सिकाउने गुरु आफ्नो घरमा श्रीमती र छोरी रजश्वला हुँदा छोइछिटो गर्छ । कार्यालयमा रजश्वला केही हैन एक प्राकृतिक प्रक्रिया हो भन्दै गफ ठोक्ने हाकिम घरमा छोरीलाइ रजश्वला हुँदा उसको हातको पानी पिउँदैन । गाँउ र सहरमा अहिले पनि ब्राम्हण–क्षेत्री समुदायमा रहेको समस्या संगै अरूबेला लक्ष्मी मान्ने छोरीलाई रजश्वलाको समयमा अछूतको रूपमा व्यवहार गर्दा छोरीहरूमा मानसि असरपनि पर्न सक्छ । हेलाहोचो गर्ने रजश्वलाको बारेमा नबुझ्ने घरपरिवारले बुझ्न अति आवश्यक रहेको छ ।
बुवाहरु र दाजुभाइमा एउटै विन्ती बिसाउन चाहन्छु ‘महिनावारी भएर यो सुन्दर सृष्टिको र्सिजना गर्न पाउने सबै छोरीलाई सम्मान गरिदिनु । प्रकृतिको नियमलाई फाल्न सकिदैन त्यसैले छोरीहरूलाई पिडा हुन्छ उनीहरू सँगसँगै हजुरहरूले पनि त्यो पिडालाइ सहिदिनु, उसको पिडामा लगाउने मलम त आज सम्म बनेको छैन तर बुवाहरू हजुरहरु आफैं मलम बनि दिँदै भनिदिनु ‘आउ छोरी भान्सामा तिमीलाई जे खान मन छ खाउँ’ भन्दै उनीहरूलाई अधिकार दिलाइ दिनु बुवा मात्रै हजुरहरुले सक्नु हुन्छ यो कुरीतिको गाँठो फुकाउन, बुवाहरू छोरीहरूले त पिडैपिडापनि सहेर सहनशिलताको समुद्रबाट यो सृष्टिलाई थलाएर बाँचेका छन् छोरीहरू धेरै महान छन् , बुवा हजुर जन्मिनु भएको नै उस्कै कारण उस्कै रजश्वलाको कारण त्यसैले बुवा छोरीलाई धेरै सम्मान दिनु छोरीको पिढामा हजुर पनि दुखी दिनु किनकी बुवा हजुर जन्मेको उस्को कारण उसको रजश्वलाको कारण ।

3996 पटक हेरिएको 