नौं करोड ३८ लाख रूपैयाँको ‘इलाम सिटी मार्ट’ को शिलान्यास

  सरलपाटी सम्वाददाता

 1115 पटक हेरिएको


जिल्लामै पहिलो पटक निर्माण हुन लागेको सुविधा सम्पन्न आधुनिक व्यापारिक महल ‘इलाम सिटी मार्ट’ को शुक्रबार शिलान्यास भएको छ । इलाम नगरप्रमुख महेश बस्नेतले वैद्धिक विधि अनुसार शुक्रबार विहान पूजा–आजा गरी शिलान्यस गरेका छन् ।
शिलान्यासपछि नगर प्रमुख बस्नेतले देशभरका स्थानीय तह मध्ये इलाम नगरपालिकाले पहिलो पटक यो अत्याधुनिक र सुविधा सम्पन्न भवन निर्माण गर्न अग्रसर भएको बताए । उनले हरेक वस्तुको आयु पुग्ने भन्दै इलाम नगरपालिकामा भएका पूराना व्यापारिक सटरहरूको आयु पुगेकाले अब प्रविधिको विकास सँगै फड्को मार्ने क्रममा यो सिटी मार्टको काम शुरू भएको बताए । इलाम नगरपालिका र नेपाल सरकारको नौं करोड ३८ लाख रूपैयाँको लागतमा व्यापारिक प्रयोजनका लागि भवन बनाउन थालिएको हो । भवनमा दुईवटा लिफ्ट सिस्टम समेत रहने छन् । चार तलाको भवन आगामी २१ महिना भित्र निर्माण सम्पन्न हुने जनाइएको छ । ‘नीजि साझेदारीमा शुरू गरिएको भवन समय भित्र सक्नुपर्छ, यहाँका कतिपय व्यवसायीहरू आफ्नो व्यवसाय उठाएर यही भवनको पखाईमा हुनुहुन्छ, उहाँहरूको व्यवसाय गर्ने मेलो सक्किएको छ,’ नगरप्रमुख बस्नेतले भने ‘चाँडो निर्माण सम्पन्न भयो भने, ती व्यवसायीहरूकालागि पनि राम्रो हुन्छ, निर्माण व्यवसायीले ध्यान पूर्वक काम गर्नुहोला ।’ भनव निर्माणकालागि रकम छैन, अवथा समयमा रकम निकासा भएन भन्ने कुनै पनि वहाना यहाँ हुन नहुने भन्दै बस्नेतले यो भवन निर्माणका लागि नगरपालिकाले ठूलो आँट लिएर काम थालेको बताए ।
कार्यक्रममा बोल्दै इलाम उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेलले इलाम नगरपालिकाले बनाउन लागेको भवन जिल्लामा नमुना रहेको र यसले व्यापार व्यवसाय मात्र नभएर पर्यटकीय दृष्टिले पनि महत्वपूर्ण रहेको बताए । कार्यक्रममा निर्माण व्यवसायीका तर्फबाट राजकुमार भक्तराजले समयमा काम सक्ने प्रतिबद्धता जनाएका थिए । भवनमा ९२ वटा सटर, दुईवटा लिफ्ट र चौथो तलाको शिरानमा स्टील टस्ट लगाएर त्यसमा तरकारी र मासु पसललाई व्यवस्थापन गर्ने लक्ष्य रहेको इन्जिनियर दिपक गुरागाईंको भनाइ छ । गुरागाईका अनुसार अबको २१ महिना भित्र अर्थात ०७६ चैत ३० गते सम्ममा भवन निर्माण भइसक्ने छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार