म्याराथन दौडमा पुजन र रोजिना पहिलो

  सरलपाटी सम्वाददाता

 987 पटक हेरिएको


इलाम ।
बाल दिवसको अवसर पारेर इलामको प्रज्ञा सदन को–एजुुकेशनल बोर्डिङ्ग स्कुलले प्रतियोगीतात्मक म्याराथन दौड सम्पन्न गरेको छ । विद्यालयले इलामको ठूलो टुडिखेलदेखि विद्यालयसम्म गरेको चार किलोमिटर दुरीको म्याराथन दौडमा छात्रतर्फ कक्षा ९ का पुजन कठेत पहिलो भएका छन् । उनले १८.४८ मिनेटमा दौड पुरा गरेका थिए । त्यस्तै १९.१५ मिनेटमा दौड पुरा गर्दै कक्षा १० का पवन राई दोस्रो भए भने १९. २० सेकेण्डमा दौड पुरा गर्दै कक्षा १० का योगेश गुरुङ्ग तेस्रो भएका छन् । छात्रा तर्फ कक्षा ८ की रोजिना नेपालले २५.१० मिनेटमा दौड पुरा गर्दै पहिलो भइन् । २६.३० मिनेटमा दौड पुरा गरेका कक्षा १० की रेसिका खनाल दोस्रो र २६.३५ मिनेटमा दौड पुरा गर्दै कक्षा १० सारिका मगरले तेस्रो स्थान हाँसिल गरेकी हुन् । ‘बालबालिकाको कुरा सुनौ, त्यसका लागि आजदेखि हामी अघि बढौ’ भन्ने नाराको साथ म्याराथन दौड सम्पन्न भएको हो । दौडमा २९ छात्र, २२ छात्रा सहभागी थिए । बाल दिवसको अवसरमा प्रज्ञा सदनमा विभिन्न कार्यक्रम जारी छ । पहिलो दिन शुक्रबार प्राथकिम तहसम्मका विद्यार्थीहरुको विभिन्न आन्तरिक प्रतियोगीता भएको थियो । शनिबार म्याराथुन दौड भएको छ भने आइतबार सास्कृतिक कार्यक्रम र वक्तृृत्वकला आयोजना गरिएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार