निजामती दिवसमा सन्दकपुरका कर्मचारीद्वरा अनाथालय र बृद्धाश्रमलाई सामग्री हस्तान्तरण

१६ औं निजामती सेवा दिवस

  सरलपाटी सम्वाददाता

 916 पटक हेरिएको

इलाम । १६ औं निजामती दिवसको अवसर पारेर सन्दकपुर गाउँपालिका कार्यरत कर्मचारीहरुले इलामको राहसल बाल अनाथालय र भाइभगवति बृद्धाश्रमलाई सामाग्री उपलब्ध गराएका छन् । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राई र नगरपालिका प्रवक्ता गिरीराज खनाल सहितको टोलीले राहसल बाल अनाथालयमा दुई बोरा चामल, एक कार्टुन तेल, दाल, एक कार्टुन साबुन, दुई प्याकेज तुथपेष्ट ब्रस, ३० वटा पुस्तक, फटवल, ब्याडमिन्टन, फ्रुटि, फलफूल लगायातका सामग्री उपलब्ध गराएको हो । गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत महेश राईले अनाथालय सञ्चालक समितिका अध्यक्ष राजेन्द्र चौहानलाई सामग्री हस्तान्तरण गरे । त्यस्तै माइभगवती बृद्धाश्रममा दुई बोरा चामल, एक कार्टुन तेल, एक कार्टुन साबुन, कपडा, फलफूल, हरलिक्स वितरण गरिएको थियो । माइभगवती बृद्धाश्रममा रहेका १३ जना बृद्धबृद्धाको स्वास्थ्य परिक्षण र औषधि समेत वितरण गरिएको छ । सामग्री वितरण गर्दै प्रमुख प्रशासकिय अधिकृत राई र गाउँपालिकाका प्रवक्ता खनालले अनाथालय र बृद्धाश्रमको आवश्यकता अनुसार गाउँपालिकाले संस्थागत रुपमा समेत सहयोग गर्ने प्रतिवद्धता ब्यक्त गरे ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार