‘आ…..मा……।’
‘आ……मा…..।’
‘आ….मा…….।’
गाँउ नै थर्किने गरी आएका यिनै आवाज र प्रतिध्वनिहरु जब कान्छीमायाका कानभित्र प्रवेश गरे, तब उनले चाल पाइहालिन कि यी आवाजहरु अरु कसैको नभएर उनको एक्लो छोरो राजुको थियो ।
‘यो केटोले पनि खाली पिरोल्ने मात्र काम गर्छ, केही पनि गर्न दिँदैन ।’ एक डोको घाँसको भारी फ्यात्त भुँइमा बिसाएर कान्छीमाया घर फर्किन र घरको कोठाको चुकुल खोलिदिइन् जहाँ उनले आफ्नो छोरा राजुलाई थुनेर राखेकी थिइन् । फुक्काफाल भएपछि राजु निस्केर ओरालै ओरालो दौडियो जहाँ उसका दौँतरीहरु उसलाई पर्खिरहेका थिए ।
राजु करिव एघार वर्षको हुँदो हो ।
हुर्किँदै गरेको उमेरमा उदण्डपन पनि हुर्किँदै थियो जसलाई कान्छीमायाले जसोतसो सम्हाल्न खोजिरहेकी थिइन् । उसका बा घरमा थिएनन् । उसलाई चारवर्षे उमेरको धमिलो याद थियो कि उसका बा निधारभरि हजुरआमाका हातका राता अक्षता लगाएर मुग्लान पसेका थिए ; फर्केर आएका थिएनन् ।
हुर्किँदै गरेको उमेरमा उदण्डपन पनि हुर्किँदै थियो जसलाई कान्छीमायाले जसोतसो सम्हाल्न खोजिरहेकी थिइन् । उसका बा घरमा थिएनन् । उसलाई चारवर्षे उमेरको धमिलो याद थियो कि उसका बा निधारभरि हजुरआमाका हातका राता अक्षता लगाएर मुग्लान पसेका थिए ; फर्केर आएका थिएनन् । गाँउको विकटता पनि उस्तै थियो । अहिलेको जस्तो सामाजिक सञ्जालको त कुरै छाडौँ, आधारभूत सञ्चारको समेत सुविधा थिएन ।
बाहिर गएको मान्छे फर्केर नआएसम्म के भइरहेको छ कसो छ थाहा हँुदैनथ्यो ।सास रहुन्जेल आश भनेझैँ यहि आशको त्यान्द्रो टिप्दै क्षितिजसम्म आँखा डुलाउँदै कान्छीमाया पर्खेर बसिरहेकी थिइन् । केहि मान्छेहरु त उनको श्रीमान मरिसक्यो भन्दै केही गाँईगँुई हल्ला पनि गर्थे तर विश्वास भने गरिहालेकी थिइनन् ।
दशौँ वर्षहरु बिते । बित्दै गएका समयहरुसगैँ राजुका काँधमा जिम्मेवारीका बोझहरु थपिँदै गए । कान्छीमायाका पनि निधारमा उमेरले कोरिँदै गएका सीमारेखा पनि स्पष्ट देखिन थालेका थिए । वास्तवमा पारिवारिक जिम्मेवारीमा पुस्ताहस्तान्तरण को बेला भएको थियो जुनकुरा राजुको काँधमाथि राखेर कान्छीमाया व्यवहारिक जीवनबाट सन्यास लिन खोजिरहेकी थिइन् ।
गाँउमा फेरि ‘एम आर पी’ बनाउने लहर चल्यो । जिल्ला प्रशासन कार्यालय उमेरदारी युवाहरु द्वारा भीडमग्न भयो । प्रत्येक युवाहरु आफ्नो हातमा ‘एम आर पी’ बोकेर अनिश्चत भविष्यको खोजीमा हवाईजहाजमा उड्न थाले ।
‘आमा म पनि अब विदेश जाने…………’
‘हन के भन्दैछ यो ? वाक्य सकिन पाएको थिएन, झसंग भई कान्छीमायाले प्रश्न सोधिहालिन् ।’
‘खै सबै केटाहरु गइराखेका छन् । उता गएर निक्कै पैसा कमाइसके होलान् । म मात्रै यहाँ बेरोजगारी । मलाई त गाँउ बस्नै दिक्क लागिसक्यो ।’
‘के उता चैँ पैसाको बोट छभन्ठान्या छस् ? पचास डिग्रीको भुङ्ग्रे घाममा सेकिनु पर्दा थाहा पाउँछस् । कति मान्छे मरेका खबर आँउछ रेडियामा । यहाँ यत्रो खेतबारी बाँभैm छ, खुरुक्क खेत नजोतेर…………….।’
‘के नेपालबाट गएका सबै मान्छे घामैले मरेका छन् र ? कतिले त प्रगति पनि गरेका छन् । ती कुराहरु चैँ किन देख्नु हुन्न तपाईँ ?दुईचार वर्ष त हो नि, त्यसपछि धेरै पैसा भएपछि आनन्दले बसौँला । हुन्न र आमा ?’ राजु एकोहोरो लिँडेढिपी गर्न लाग्यो । ‘फेरी खेत जोतेर फलाएको अन्न छ महिना पनि खान पुग्दैन……….।’
निकैबेरसम्म तर्क वितर्कको जुहारी चलिरह्यो । राजुका तर्कसामु कान्छीमाया हार्दै गइन् । अन्ततः राजुले विदेशिने निर्णय ग¥यो ।
अर्को दिन राजु ‘एम आर पी’ बनाउन सदरमुकाम स्थित जिल्ला प्रशासन कार्यालय गयो । निकै बेर भीडको ठेलमठेलपछि ‘एम आर पी’ का लागि निवेदन दियो र एक महिना पछि ‘एम आर पी’ लिएर आयो र पत्रिकाका विज्ञापन हेर्दै विभिन्न मेनपावर कम्पनी धाउँदै अन्तर्वार्ता पनि दिन थाल्यो । एक दिन एउटा कम्पनीबाट उ कतारमा कामदारका लागि छनौट भएको जानकारी सहितको फोन आयो । राजुले पनि त्यहिँ जाने निर्णय ग¥यो ।
‘खुइय……….।’ लामो सुस्केरासहित कान्छीमाया थचक्क पिँढीमा बसिन् । निराशाका सुस्केराहरु उनका मुखबाट प्रतिध्वनित भइरहे ।
एक दिन एउटा कम्पनीबाट उ कतारमा कामदारका लागि छनौट भएको जानकारी सहितको फोन आयो । राजुले पनि त्यहिँ जाने निर्णय ग¥यो ।
‘खुइय……….।’ लामो सुस्केरासहित कान्छीमाया थचक्क पिँढीमा बसिन् । निराशाका सुस्केराहरु उनका मुखबाट प्रतिध्वनित भइरहे ।
उनका हातहरु जमेर ठण्डा भए जुन हातहरु उसैलाई हुर्काउन कैँयौपटक पत्थरमा उनले बजारेकी थिइन् । उमेरले सुकाएका जीर्ण रुखका हाँगाजस्ता यिनै हातहरु आज उनको छोराको विदाईमा हल्लिरहन मानिरहेका थिएनन् ।
सबै सामानहरु तयार भए ।
राजुले आफ्ना लागि लगाइराख्न केही जोर कपडा किनेको थियो । यसैगरी उसले मेनपावर चार्ज र विदेशमा केहीदिनका लागि पकेटखर्चबापत सटहीका लागि केही पैसा बोकेको थियो ।
‘राम्ररी जा है बा । काम राम्ररी गर्नु । तँलाई केही भैगयो भने म बूढी कस्को मुख हेरेर बाँच्नु र ? तेरा बा पनि उमेरमै मुग्लान पसेका थिए फर्केर आएनन् । आजसम्म त तेरै मुख हेरेर बसेकी थिएँ ।’ कान्छीमाया भावविह्वल हँुदै सुक्क सुक्क गर्न थालिन् ।
‘हुन्छ आमा आफ्नो पनि ख्याल राख्नु । धेरै चिन्ता लिनुहुन्छ तँपाई पनि……. ।’ राजुले भन्यो ।
घरबाट बिदावारी भइवरि राजु बाहिर निस्कियो । कान्छमायाले आफ्ना आँखाले भ्याउन्जेल राजुलाई खोज्दै घरभन्दा निक्कै माथिको ‘नाकेडाँडो’लाई हेरिरहिन् ।
राजु नाकेडाँडाको उकालो काट्दै अगाडि बढिरह्यो ।
राजु जतिजति उकालो चढ्दै गयो उतिउति नै उसको मनभित्र विभिन्न कुराहरु खेल्दै जान थाले ।
उसका मानसपटलमा खेल्न थाले बाल्यकालमा उसले घरवरिपरि घुम्दै बिताएका पलहरु ।
उसले सम्झ्यो आफ्नी आमा जसले जन्म दिएर दूधका धाराले हुर्काउँदै, तोतेबोली सिकाउँदै उसलाई यो धर्तीमा पहिचान दिलाएकी थिइन् ।
उसले सम्झ्यो आफ्नो घरभित्रको मूलखाँबो, जसलाई ऊ समाउँदै फेरा मार्दै हिँड्न सिकेको थियो ।
उसले सम्झ्यो आफ्नो घरअगाडिको बाटो र पाटाबारीहरु, जहाँ ऊ स्वच्छन्द घुम्दै आफ्नो पूर्णतः स्वतन्त्रताको उपयोग गथ्र्यो ।
उसले सम्झ्यो आफ्ना दौँतरीहरु जो विदेश जान बाँकी थिए, उनीहरु घरबाट निस्केर उसलाई हेरिरहेका थिए ।
विगतका यिनै सम्झनाहरु बोकेर राजु बोझिलो हिँडाइ हिड्दै थियो, अकस्मात् उसलाई अब आउने भविष्यको पूर्वानुमानले अझ बोझिलो बनायो ।
अब आउने भविष्यमा उसका खेतबारीहरु बाँभैm रही काँस र तितेपातीमात्र फूल्नेछन् ।
अब आउने भविष्यमा उसको गाईगोठ रित्तिने छन् । तथा घरलाई झारहरुले छोप्नेछन् ।
अब आउने भविष्यमा उ जस्ता सबै युवाहरु गाउँबाट पलायन हुनेछन् र टाढाबाट भाडामा मलामी खरीद गरेर ल्याउनुपर्ने हुनेछ ।
अब आउने भविष्यमा उसका खेतबारीहरु बाँभैm रही काँस र तितेपातीमात्र फूल्नेछन् ।
अब आउने भविष्यमा उसको गाईगोठ रित्तिने छन् । तथा घरलाई झारहरुले छोप्नेछन् ।
अब आउने भविष्यमा उ जस्ता सबै युवाहरु गाउँबाट पलायन हुनेछन् र टाढाबाट भाडामा मलामी खरीद गरेर ल्याउनुपर्ने हुनेछ ।
विगतका स्मरणहरु तथा भविष्यका अनुमानहरुले राजुका हिँडाइहरुलाई बोझिलो बनाउँदै थिए ।
अनि….. अनि उसले कल्पना ग¥यो आफ्नी आमाको जसका रुग्ण, निस्सहाय हातहरु कसैबाट सहारा पाउनका लागि फैलिरहेका हुनेछन ।
अनायासै यो अन्तिम स्मरणले उसको पाइला रोकियो, जति अगाडि बढ्न खोजे पनि खुट्टाहरु भासिएको महशुस उसले ग¥यो ।
अगाडि बढ्दै गरेको राजु अकस्मात पछाडि फर्कियो र नाकेडाँडाको ओरालो सोझै आफ्नो घरतिर हान्नियो ।
‘आमा …. आमा….।’
आँगनैदेखि कसैले बोलाएको सुनेर कान्छीमाया घरबाहिर निस्किन् । ‘के भो? किन फर्केको फेरि?’ राजुलाई देखेर प्रश्न गरिन् । ‘यसरी हिँड्दै फर्किँदै गर्नु हुन्न ।’
‘आमा म तँपाईलाई छाडेर कतै जान्न । यो घर र गाँउ छाडेर कतै जान्न । आमा म विदेश जान्न ।’ राजु भावनात्मक लयमा यी कुराहरु एकोहोरो भनिरहेको थियो ।
कान्छीमायाका आँखाबाट हर्षका दुईवटा थोपाहरु गालाभित्रका खाल्डामा खर्लप्प पसे । उनको कानमा एउटै वाक्य दोहोरिरहेको थियो ‘आमा म विदेश जान्न……….।’


1362 पटक हेरिएको 






