
इलाम ।
नेपाली कुक तथा सेफहरुको संस्था ग्लोबल नेप्लीज सेफ फेडेरेशन इलामको अध्यक्षतामा विशाल तामाङ्ग चयन भएका छन् । सुर्योदय नगरपालिकाकोे अन्तुमा भएको कुक सेफ तथा पर्यटन ब्यवसायीको भेलाले तामाङ्गलाई अध्यक्षमा चयन गरको हो । समितिको उपाध्यक्षमा पर्शुराम दुलाल, सचिवमा धनकुमार आले, सहसचिवमा देवी पौडेल र कोषाध्यक्षमा केशव प्रधान चयन भएका छन् । समितिको सदस्यहरुमा विजय कार्की, विपिन दाहाल, सन्तोष थापा, सुमन राई, प्रनिसा आले, प्रकाश राई, दिलिप खड्का रहेका छन् । फाउण्डेशनका केन्द्रीय महासचिव मोहन गजुरेलको प्रमुख आतिथ्यता कार्यक्रम भएको हो । फाउण्डेशलने नेपाली सेफहरुलाई संगठित गर्दै नेपाली रैथाने परिकारहरुको बजारिकरणमा काम गर्ने महासचिव गजुरेलले जानकारी दिए ।


650 पटक हेरिएको 






