
पाँचथर, । एक नम्वर प्रदेश सरकारले वुधवार वकर इदका अवसरमा दिएको विदा कार्यन्वयनमा संघीय सरकार मातहतका कार्यालयहरु विच नै मतभेद देखिएको छ ।
वुधवार १ नम्वर प्रदेश सरकारले दिएको विदा कार्यन्वयन गर्दै संघीय सरकार मातहतको जिल्ला हुलाक कार्यालय पाँचथरले विदा दियो भने जिल्ला प्रशासन कार्यालय,मालपोत कार्यालय,नापी शाखा सहित वित्तिय क्षेत्रका सवै बैंक सञ्चालन भए ।
यसरी एकै स्थानका कार्यालय मध्ये कोहि खुल्ला र कोहि बन्द हुँदा आफुहरु अन्यौलमा परेको सेवाग्राहि पुण्य सेढाँइको टिप्पणी थियो । प्रदेश सरकारले बिदा दिएपनि संघीय सरकारले कुनै पत्राचार नगरेकाले कार्यालय बिदा नभएको जिल्ला प्रशासन कार्यालय पाँचथरका सहायक प्रमूख जिल्ला अधिकारी कृष्णवहादुर वस्नेतले जानकारी दिनुभयो ।
प्रदेशले बिदा दिएपनि संघीय सरकार मातहतका कार्यालय खुल्ला रहँदा संघीयता कार्यन्वयनमा संका उत्पन्न भएको पाँचथर बहुमुखी क्याम्पसका प्राध्यापक दुर्गा बरालको प्रतिकृया थियो ।
यसअघि साउन २४ गते आदिवासी जनजाती दिवसका दिन पनि १ नम्वर प्रदेश सरकारले विदा दिएपनि संघीय सरकार मातहतका कार्यालय भने सञ्चालन भएका थिए । प्रदेश सरकारको विदा शिक्षण संस्था, स्थानीय तह लगायतका कार्यालयले कार्यान्वयन गरेभने केही सरकारी कार्यालय बुधबारपनि खुलेका थिए ।


452 पटक हेरिएको 






