इलामको सन्दकपुर गाउँपालिकाले आर्थिक वर्ष २०७६÷०७७ को बजेट तथा नीति कार्यक्रम सार्वजनिक गरेको छ ।
गाउँपालिकामा आयोजित कार्यक्रममा जिल्ला समन्वय समिति इलामका प्रमुख गणेश बरालले गाउँसभाबाट पारित नीति कार्यक्रम सार्वजनिक गरे ।
गाउँपालिकाको २८ करोड ४४ लाख ४७ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको हो । गाउँसभाबाट पारित नीति कार्यक्रम सरोकारवालाको जानकारीको लागि सार्वजनिकीकरण गरिएको हो । नीति कार्यक्रममा कृषि क्षेत्रको विकासको लागि कृषकसँग स्थानीय सरकार कार्यक्रम प्रमुख प्राथमिकताका साथ सञ्चालन गर्ने उल्लेख छ ।
डोजर मालिक र विचौलियालाई उपभोक्ता समितिमा रहन प्रतिवन्ध लगाएको छ । विकास योजना सञ्चालन गर्दा हेभि इक्युपमेन्ट प्रयोग गर्दा गाउँपालिकाबाट अनिवार्य अनुमति लिनुपर्ने प्रावधान राखिएको छ ।
उपभोक्ता समिति मार्फत सञ्चालित योजनाहरुमा १५ प्रतिशत अनिवार्य जनसहभागिता हुनुपर्ने नीति लिएको छ । त्यस्तै सार्वजनिक पद र पार्टीको महत्वपूर्ण पदमा रहेका पदाधिकारी उपभोक्ता समितिमा बस्न नपाउने व्यवस्था गरेको छ । डोजर मालिक र विचौलियालाई उपभोक्ता समितिमा रहन प्रतिवन्ध लगाएको छ । विकास योजना सञ्चालन गर्दा हेभि इक्युपमेन्ट प्रयोग गर्दा गाउँपालिकाबाट अनिवार्य अनुमति लिनुपर्ने प्रावधान राखिएको छ ।
अनुमति नलिएका र सूचीकृत नभएका हेभी इक्युमेन्ट प्रयोग गरेर आयोजना सञ्चालन गरिए भुक्तानी नदिइने गाउँपलिकाको नीति कार्यक्रममा उल्लेख छ ।
गाउँपालिकाले लिएको नीतिको स्थानीय र सरोकारवालाले खुलेल प्रशंसा गरेका छन् । नेपाली कांग्रेस सन्दपुरका प्रमुख प्रेममणि ढकालले गाउँपालिकाको नेतृत्वले लिएको नीति प्रति कांग्रेस सन्तुष्ट रहेको बताए ।
त्यस्तै नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का अध्यक्ष प्रकाश पराजुलीले गाउँपालिकाले अविभावकत्व प्राप्त गरेको बताउँदै नीति तथा बजेट कार्यान्वयनमा सहयोग गर्ने प्रतिवद्धता जनाए । संघीय लिम्बुवान राष्ट्रिय मञ्चका खोमबहादुर गुरुङले बजेट निर्माणमा असन्तुष्टि राख्दै नेपालको संविधानको अनुसूची ८ र ९ अनुसार सवैको सल्लाहमा बजेट निर्माण हुनुपर्ने जोड दिए । नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जबेगू बजेट निर्माण गरेर सार्वजनिक गर्दा गाउँपालिकालाई पारदर्शी बनाउन सहयोग पुग्ने प्रतिक्रिया व्यक्त गरे ।
‘एउटै टोलबाट तीन करोडसम्मको योजना माग भएका थिए, हाम्रो बजेटको सीमिततालाई ध्यान दिदै प्राथमीकताको आधारमा बजेट विनियोजन गरिएको छ’, उनले भने,‘एकै वर्षमा सवै कुरा गर्न सम्भव नहुने रहेछ, आवश्यकताको आधारमा आगमी वर्षमा समेत टोलबाट आएका मागहरुलाई सम्बोधन गर्दै जान्छौ ।’
सन्दकपुर गाउँपालिका वडा नं. ३ का अध्यक्ष कृष्ण पाठकले बजेट निर्माणमा टोल टोलका प्रतिनिधिलाई सहभागी गराइएको जनाए ।
‘एउटै टोलबाट तीन करोडसम्मको योजना माग भएका थिए, हाम्रो बजेटको सीमिततालाई ध्यान दिदै प्राथमीकताको आधारमा बजेट विनियोजन गरिएको छ’, उनले भने,‘एकै वर्षमा सवै कुरा गर्न सम्भव नहुने रहेछ, आवश्यकताको आधारमा आगमी वर्षमा समेत टोलबाट आएका मागहरुलाई सम्बोधन गर्दै जान्छौ ।’
गाउँपालिका उपाध्यक्ष शोभा पराजुलीले बजेट निर्माण र विकास निर्माणको गाउँबासीले गरिरहेको सहयोग प्रति आभार व्यक्त गरिन । चालु वर्षको बजेट कार्यान्वयनमा पनि सहयोग गर्न उनले आह्वान गरिन । गाउँपालिका अध्यक्ष उदय राइले आफ्नो नेतृत्वको दुई पाइला सफल भएको बताए । ‘हाम्रो दुई पाइला सफल भएको छ, हामी तेस्रो पाइला सार्ने क्रममा छौ’, अध्यक्ष राईले भने,‘हामी आउँदा वडा भवन थिएन, कार्यालय भवन थिएन, अहिले सवै वडा भवन बनाइसक्यौ, गाउँपालिका आफ्नै भवनमा सरेको छ, अर्को भवन पनि निर्माणको अन्तिम चरणमा पुगेका छौ ।’
उनले सडक निर्माण र विद्युतीकरणमा पनि उल्लेखीय प्रगति भएको बताए । गाउँपालिका अध्यक्ष राईले गाउँपालिकाले रैथाने प्रजातिबा विरुवा र फलफूलको विकास गर्ने नीति लिएको बताए । ‘यही वर्ष मात्रै हामीले एक लाख जति रैथाने प्रजातिका विरुवा लगाएका छौ,’उनले थपे,‘अर्को वर्षका लागि करिब १० लाख विरुवा तयार हुँदैछन् ।’
जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले सन्दकपुर गाउँपालिकामा अहिलेसम्म भइरहेको गतिविधि सन्तोषजनक रहेको भन्दै ठूलो भूगोल र कम बजेट भएको गाउँपालिकालाई आवश्यकतालाई सम्बोधन गर्न समस्या हुने गरेको बताए ।
केही दशक यता रोपीएको क्याप्टोमेरिया जातको विरुवाले सन्दकपुरको कतिपय क्षेत्रलाई ‘हरियो मरुभूभी’ बनाएकाले त्यसलाई स्थानीय प्रजातिको विरुवाले विस्थापन गर्ने अध्यक्ष राईको भनाई थियो । जिल्ला समन्वय समितिका प्रमुख गणेश बरालले सन्दकपुर गाउँपालिकामा अहिलेसम्म भइरहेको गतिविधि सन्तोषजनक रहेको भन्दै ठूलो भूगोल र कम बजेट भएको गाउँपालिकालाई आवश्यकतालाई सम्बोधन गर्न समस्या हुने गरेको बताए ।
‘संविधानको पहिलो संशोधपछि वितरणको मुख्य आधार जनसंख्या हुने भएपछि ठूलो भूगोल र कम जनसंख्या भएका स्थानीयतहको बजेट कम भएको छ’उनले भने,‘यसले सन्दकपुर जस्तो गाउँपालिकालाई मार परेको छ ।’ उनले सन्दकपुर गाउँपालिका इलाम जिल्लकै शीर भएकाले विकास निर्माणको काम गर्दा पर्यावरणलाई प्रभाव पार्न नहुनेमा जोड दिए ।
‘सन्दकपुरमा पर्यटनको अथाहा सम्भावना छ, यसकै माध्यमबाट यहाँको जनजीवन चल्न सक्छ’, उनले भने,‘तर यहाँको पर्यावरण र प्राकृतिक अवस्थालाई बचाइ राख्नु पर्छ ।’


1231 पटक हेरिएको 







