नेपालमा अझै पनि ६० प्रतिशत नागरिक बैंकिङ पहुँच भन्दा बाहिर रहेका छन्। बैंक बित्तीय संस्थासँग पहुँच नपुग्दा अझै पनि करिब २० प्रतिशत नागरिक साहु महाजनसँग नै आर्थिक कारोबार गरिरहेको नेपाल राष्ट्र बैंकका क्षेत्रीय निर्देशक बिश्चल अधिकारीले बताए।
वित्तीय जागरणः राष्ट्रिय अभियानका क्रममा आइतबार डडेल्धुरा पुगेका निर्देशक अधिकारीले बैंकिङ क्षेत्रलाई प्रयोग गरेर समृद्धि हासिल गर्न सबैलाई आह्वान गरे। नेपालको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले वित्तीय सेवाको पहुँच नपुगेको स्थानमा छिट्टै बैंकिङ शाखा विस्तार गर्नुपर्नेमा जोड दिए।
नेपालको आर्थिक विकासमा बैंक तथा वित्तीय संस्थाहरुको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै उनले वित्तीय सेवाको पहुँच नपुगेको स्थानमा छिट्टै बैंकिङ शाखा विस्तार गर्नुपर्नेमा जोड दिए।
वित्तीय जागरण राष्ट्रिय अभियान आइतबार डडेल्धुरामा पनि गरिएको हो। मिडिया इन्टरनेशनलको आयोजना तथा नेपाल राष्ट्र बैंकको प्रवर्द्धनमा सञ्चालन भइरहेको अभियान अन्तर्गत यसपटकको कार्यक्रम डडेल्धुरामा गरिएको निर्देशक अधिकारीले बताए।
कार्यक्रममा वित्तीय साक्षरता राष्ट्रिय अभियानका संयोजक माधव निर्दोषले समग्र मुलकको समृद्धिको लागि वित्तीय साक्षरता हुनु जरुरी रहेको बताए।
कार्यक्रमा सहभागी अधिकांशले बैंकिङ क्षेत्रले मुलुकको विकासमा ठूलो योगदान दिए पनि ब्याज महंगो भएको गुनासो गर्दै व्याज दर घटाउनका लागि आवश्यक पहल गर्न राष्ट्र बैंकलाई आग्रह गरेका थिए। बैंकहरुले १३ प्रतिशतसम्म ब्याज लिने एवं बिमा, सेवा शुल्क, भ्यालुसन, लाग्ने समयले गर्दा १६ प्रतिशत बढी नाघेको बताउँदै सहभागी ऋण कर्ताले व्याजदर घटाउनु पर्ने माग राखे। ऋण निकाली व्यवसाय गरी घरपरिवारको खर्च चलाउनु पर्ने भए पनि व्याजदर चर्काे हुँदा ऋण र ब्याज तिर्न सक्ने अवस्था कमजोर हुँदै गएको सहभागीको भनाई थियो।
ऋण निकाली व्यवसाय गरी घरपरिवारको खर्च चलाउनु पर्ने भए पनि व्याजदर चर्काे हुँदा ऋण र ब्याज तिर्न सक्ने अवस्था कमजोर हुँदै गएको सहभागीको भनाई थियो।
बैंक भन्दा पनि अन्य बित्तीय संस्थाहरुले त झनै सोझै १८ प्रतिशत ब्याज लिने गरेको सहभागीको गुनासो थियो। व्याजसंगै बिमा र सेवा शुल्क समेत बित्तीय संस्थाहरुले लिने गरेका कारण गरिब, असहाय, कम आय भएकाले केही गरिखाने भन्दा पनि पैसा हुनेवालाहरुका लागि मात्रै आवश्यक पर्दा बैंक र बित्तीय संस्थाहरुले फाइदा पु-याई रहेको सहभागीको आरोप थियो।
वित्तीय साक्षरता कार्यक्रम देशव्यापी रुपमा सञ्चालन भइरहेको छ। नेपाल राष्ट्र बैंकको वित्तीय साक्षरता नीति अन्तर्गतको कार्यक्रमको आयोजना गरिएको हो।


638 पटक हेरिएको 






