
इलाम । नर्सरी गरेको चियाको विरुवा फेरी विक्री हुन थालेको छ । अघिल्लो वर्षसम्म चियाको विरुवा नविक्दा किसान निराश थिए । बेच्नकै लागि चियाको विरुवा राख्ने किसानले विरुला नबिक्दा नोक्सान ब्यहोर्नु परेको थियो । अहिले फेरि विरुवा विक्न थालेपछि किसानले राहात महशुस गरेका छन् ।
धोक्रिमा ९नर्सरी राख्ने पोलिथिन० हुर्काएको विरुवा अहिले २० रुपैयाँसम्ममा विक्री भइरहेको इको चिया उत्पादक सहकारी संस्थाका ब्यवस्थापक गणेश अर्यालले बताए । ‘धेरैले चियाको नर्सरीनै राख्नछाडिसकेÕ–उनले भने–‘दुई तीवर्ष भएको विरुवा २० रुपैयाँ सम्ममा विक्री भइरहेको छ । इलाममा उत्पादन भएको चियाको विरुवा अन्य जिल्लामा निर्यात हुने गरेको छ । दोलखा, रामेछाप, सिन्धुली लगायतको जिल्लबाट विरुवाको माग हुने गरेको छ । विरुवा खोज्दै कतिपय किसान इलाम आउने गरेका छन् भने, जिल्लाका ब्यपारीले समेत माग भएको जिल्लामा विरुवा पु¥याउने गरेका छन् ।
फिक्कल ज्योती अधिकारीले दोलखाबाट ३० हजार विरुवाको माग भएको बताए । आफुसंग विरुवा नभएकाले अन्य किसानबाट विरुवा मिलाइदिएको जानकारी दिए । ‘कोही कोहि बेला माग आउँछ, ३० हजार विरुवाको मागेपछि मैले यहीको किसानबाट मिलाइदिएको छÕ–उनले भने–‘पहिले लाख लाखमा माग हुन्थ्यो, अहिले हजारमा मात्रै माग आउँछ ।Õ
यस अघिका बर्षमा विरुवा नविक्दा कतिपय किसानले उत्पादन गरेको चियाको विरुवा खेर गएको छ । तीन वर्षभन्दा माथिको चियाको विरुवा खेतीका लागि उत्तम मानिदैनन् । बढि उमेरको विरुवाको जरा काटेर रोप्नुपर्ने भएकाले त्यसले राम्रो उत्पादन नदिने चियाका जाकाहरु बताउँछन् । बेलामा विरुवा नबिक्दा किसानको नर्सरीमा पाँच÷छ वर्षका पनि चियाको विरुवा छन् । अब ती विरुवा नबिक्ने भएकाले उनीहरुको लागत खेर जाने गरेको छ । ‘नभएको बेला विरुवा खोज्ने आउँछन्, नर्सरी राख्यो भने पाँच वर्ष कसैले सोधिखोजी गर्ने पनि भेटिदैनन्Õ–सूर्योदयका किसान युवनाथ पौडेलले भने । हर्कटेका मुकुन्द पौडेलले भने राम्रो मुल्यमा चियाको विरुवा विक्री नहुने गरेको बताए । ‘मैले पाँच हजार विरुवा यसै वर्ष बेचे, तर राम्रो मुल्यमा विक्री हुँदैनÕ–पौडेलले भने–‘अहिले पनि २० हजार विरुवा छ, दुई तीन रुपैयाँका दरले मात्रै विक्छ ।Õ भुइमा ब्याड बनाएर नर्सरी राखेको चियाको विरुवा भने राम्रो मुल्यमा विक्री हुँदैन । भुइको विरुवा बाहिर जिल्लामा निर्यात गर्दा नजाग्ने भएकाले कम मुल्यमा मात्रै विक्री हुन्छ ।
चिया विस्तार आयोजना फिक्कलका प्राविधिक विवेक भण्डारीले इलामको साखेजुङ्ग, फिक्कल, श्रीअन्त, कन्याम क्षेत्रबाट चियाको विरुवा निकासी भइरहेको जानकारी दिए । कति विरुवा निकासी भयो भने यकिन तथ्याङ्क नभपनि यस वर्षमात्रै १० लाख हारहारी चियाको विरुवा निकासी भइसकेको उनको अनुमान छ । चिया खेतीको लागि अझै समय बाँकी भएकाले विरुवाको निकासी बढ्ने भण्डारीले बताए ।


607 पटक हेरिएको 






