सुर्योदयमा पूर्वी पहाडकै पहिलो फुटबल प्रशिक्षण बन्दै

  सरलपाटी सम्वाददाता

 1181 पटक हेरिएको


इलाम।इलामको सूर्योदय नगरपालिका वडा नं. १२ को करफोकमा फुटवल ट्रेनिङ्ग सेन्टर स्थापना हुने भएको छ । टे«ेनिङ्ग सेन्टर बनाउनको लागि बुधबार सूर्योदय नगरपालिका र अखिल नेपाल फुटवल संघ एन्फाका बीचमा सम्झौता भएको छ । सम्झौता पत्रमा सूर्योदय नगरपालिका प्रमुख रणबहादुर राई र एन्फा अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले हस्ताक्षर गरेका छन् ।
करफोकविद्या मन्दिरको नाममा रहेको ७० रोपनी जग्गमा टे«निङ्ग सेन्टर स्थापना हुने छ । टे«निङ्ग सेन्टरमा खेलाडीहरुको चेन्जिङ्ग रुप, रेफ्रि चेन्जिङ्ग रुपम, मेडिकल रुम, प्रशासनिक कक्ष र मिटिङ्ग हल, जिम सहितको भवन निर्माण हुने छ । त्यस्तै ७० रोपनी जग्गमा तीनवटा खेलमैदान निर्माण गरिने एन्फाका अध्यक्ष कर्माछिरिङ्ग शेर्पाले जानकारी दिए ।
निर्माण शुरु भएको पाँच वर्षमा टे«निङ्ग सेन्टरको निर्माण पुरा हुने भएपछि आउँदो हिउँदबाटै तालिम शुरु गर्नेगरि काम गरिने एन्फाले जनाएको छ । टेनिङ्ग सेन्टर निर्माणको लागि एक करोड ३० लाख हाराहारी रकम खर्च हुने छ । टेनिङ्ग सेन्टर निर्माणमा लाग्ने बजेटको आधा एन्फा र आधा नगरपालिका कार्यालयले विनियोजन गर्नुपर्नेछ ।
पूर्वी पहाडी क्षेत्रमा पहिलो पटक स्थापना हुन लागेको फुटवल टेनिङ्ग सेन्टरले यस क्षेत्रको खेल विकासमा योगदान पुग्ने अपेक्षा गरिएको छ । सूर्योदयमा बन्न लागेको टे«निङ्ग सेन्टरले यस क्षेत्रको खेलाडीको विकासमा योगदान गर्ने रोङ गाउँपालिका अध्यक्ष समशेर राईले बताए । ‘यो टे«निङ्ग सेन्टर सञ्चालनमा छिमेकी गाउँपालिकाको रुपममा जे सहयोग गर्नुपर्ने हो, त्यो गर्न हामी प्रतिवद्ध छौ,’ उनले भने,‘म अन्य स्थानीय तहलाई समेत सहयोग गर्न तत्पर रहन आह्वान गर्छु ।’ इलाम नगरपालिकाका प्रमुख महेश बस्नेतले खेल क्षेत्रमा लगानी गरे सामाजिक विकास हुने बताए । ‘अहिलेसम्म खेल क्षेत्रमा पर्याप्त लगानीनै भएको छैन’, उनी भन्छन्, ‘खेलकुदमा लगानी नगरी प्रतिफल खोजेर हुँदैन ।’ सूर्योदय नगरपालिकामा बन्ने टे«निङ्ग सेन्टरले इलाममा खेलकुद विकासमा योगदान गर्ने उनको भनाई थियो ।
सूर्योदय नगरपालिकाका प्रमुख रणबहादुर राईले इलामका खेलाडीको प्रतिभा विकासमा टेनिङ्ग सेन्टर प्रभावकारी हुने बताए । ‘इलाममा राम्रा खेलाडी छन्, उनीहरुले अभ्यास गर्ने ठाउँ पाइरहेका छैनन्’ नगरप्रमुख राई भन्छन्,‘खेल क्षेत्रको विकासका लागि पोषणका लागि समेत काम गर्दैछौ ।’
सूूर्योदय नगरपालिकाले खेल क्षेत्रको विकासको लागि एक वडा एक खेलमैदान बनाउने कार्यक्रम सञ्चालन गरिरहेको छ । यस अघि एन्फाको दश लाख र नगरपालिकाको २५ लाख रुपैयाँको लगानीमा करफोक खेल मैदानको स्तारोन्नती गरेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार