काठमाडौँ – पत्रकारमाथि दुव्र्यवहार गर्ने इटहरी उपमहानगर पालिकाका मेयर देवारिकालाल चौधरीलाई क्षमायाचना गर्न नेकपा नेताहरुले सुझाव दिएका छन्। पत्रकारको नाक भाच्न एक करोड रुपैयाँ छुट्याएको अभिव्यक्ति दिएर विवादमा आएका चौधरीलाई नेकपाका स्थायी कमिटी सदस्यहरु शंकर पोखरेल र योगेश भट्टराईले क्षमायाचना गर्न आग्रह गरेका हुन्।
बुधबार बिहान सामाजिक सञ्जाल फेसबुुकमा स्ट्याटस लेख्दै पाँच नम्बर प्रदेशका मुख्यमन्त्रीसमेत रहेका पोखरेल र नेता भट्टराईले पदीय गरिमाविपरीत बोलेको भन्दै सच्याउन आग्रह गरेका हुन्। नागरिक अनलाइनबाट


837 पटक हेरिएको 






