तुम्रोकको निलम्बन हल्लामात्रै भएको दाबी

  सरलपाटी संवाददाता

 1286 पटक हेरिएको

इलाम,संगठनसँग समन्वय नगरी काम गरेको भन्दै निलम्बनमा परेका भनिएका अखिल क्रान्तिकारी जिल्ला सचिव विपन तुम्रोकको निलम्बन हल्ला मात्रै भएको अखिल क्रान्तिकारीले जनाएको छ ।

महेन्द्र रत्न बहुमुखी क्याम्पस सूचना माग गर्दा संगठनसँग नसोधेको भन्दै छ दिन अघि संगठनले निलम्बन गरेको बताइएपनि आज एक विज्ञप्ती निकाल्दै तुम्रोकको निलम्बन छलफल, छानविन र बहसका रूपमा मात्र उठेको बताइएको छ ।

क्रान्तिकारीका जिल्ला अध्यक्ष विपिन पोख्रेलको हस्ताक्षरित विज्ञप्तीमा संगठन अधिकारमा, शिक्षामा देखिएको असामानताविरुद्ध लडि रहने र अधिकार प्राप्तिका लागि एक भएर जुट्ने समेत लेखिएको छ ।

विज्ञप्तीमा संगठन गुट उपगुटमा विभाजित भएको भनिएपनि ती विषय आधिकारिक नभएको बताइएको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार