
इलाम।विद्यार्थी बोकेर विद्यालय आउँदै गरेको बस सोमबार विहान दुर्घटना हुँदा १४ जना विद्यार्थी घाइते भएका छन् ।
इलाम नगरपालिका–१ स्थित बाघखोर रक्सेमा रहेको आशादिप बोर्डिङ्ग स्कूलको बस राँकेबाट विदार्थी ल्याउँदै गर्दा विपरित दिशाबाट आउँदै गरेको ट्रकलाई साइड दिने क्रममा सडकबाट १५ मिटर तल झरेको थियो । मे १ ख १९५५ नम्बरको स्कूल बस दुर्घटनामा परेको हो । बस चालकलाई रक्से प्रहरी चौकीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि विएण्डसी अस्पताल विर्तामोड तर्फ लगिएको प्रहरी हवल्दार विजय राईले जानकारी दिए ।


760 पटक हेरिएको 






