१७ विद्यार्थी र ८ विद्यालय सम्मानित

  सरलपाटी सम्वाददाता

 848 पटक हेरिएको


गत वर्षको एसईई परीक्षामा उत्कृष्ट नतिजा ल्याउने विद्यालय र विद्यार्थीलाई आइतबार इलाम सदरमुकाममा सम्मान गरिएको छ ।
अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) र अखिल क्रान्तिकारीले आयोजना गरेको ‘शहीद बमप्रसाद बान्तवा एसईई सम्मान कार्यक्रम र स्मारिका विमोचन’ कार्यक्रममा जिल्लाका ८ विद्यालय र १७ विद्यार्थी सम्मानित भएका छन् ।
कार्यक्रममा सामुदायिक तर्फ सर्वोत्कृष्ट भानुभत्त माध्यमिक विद्यालय मंगलबारे सम्मानित भएको छ भने निजी तर्फ इलाम सदरमुकामको समता निकेतन सर्वोत्कृृष्ठट भएको छ । यस्तै प्राविधिक तर्फ सूर्योदय नगरपालिकास्थित करफोक माध्यमिक विद्यालय र इलाम नगरपालिकास्थित अमर माध्यमिक विद्यालय सम्मानित भएका छन् । यस्तै कार्यक्रममा उत्कृष्ट सामुदायिक विद्यालयमा सूर्योदय नगरपालिकास्थित जनक माध्यमिक विद्यालय र इलाम नगरपालिकास्थित आदर्श माध्यमिक विद्यालय सम्मानित भएका छन् । निजी विद्यालयतर्फ इलाम नगरपालिकाका ग्रीन भ्याली एकाडेमी र ज्योति सदन विद्यालय पनि सम्मानित भएका छन् ।
यस्तै कार्यक्रममा गत वर्ष उत्कृष्ट ग्रेड ल्याएर एसईई उत्र्तीण हुने १७ विद्यार्थीलाई समेत सम्मान गरिएको छ । सम्मान हुनेमा समता शिक्षा निकेतनका डेविट राई, ग्रीन भ्याली एकाडेमीका आकृति भट्टराई र प्रतीक्षा भट्टराई, आरोही यादप, निरोज भण्डारी, संस्कृती घिमिरे रहेका छन् । यस्तै समता निकेतनकै अनिश खनाल, हेन्जिला थेवे समेत सम्मानित भएका छन् ।
यस्तै ज्योति सदन बोडिङ स्कुलका पुकार गौतम र भानुभक्त माध्यमिक विद्यालयका मन्जिल श्रेष्ठ, जनक माध्यमिक विद्यालयका बर्षा पोख्रेल, करफोक विद्या मन्दिरका प्रतीक्षा तिम्सिना र अमिता दाहाल समेत सम्मानित भएका छन् । यस्तै अमर माध्यमिक विद्यालयका एलिना नेपाल र दीपेश आचार्य सम्मानित भएका छन् ।
यस्तै कार्यक्रममा अखिल क्रान्तिकारीका गन्जु प्रधान, सन्धिभत्त शंकर अनेरास्ववियुका रबिन्द्र सुवेदी लगायतले बोलेका थिए । सोही कार्यक्रमको अवसरमा अनेरास्ववियुले प्रकाशित गरेको अखिल स्मारिका–२०७५ नामक पुस्तकको विमोचन समेत भएको छ ।
जिल्ला समन्वय समिति प्रमुख गणेशप्रसाद बरालको प्रमुख आतिथ्य र अनेरास्ववियुका जिल्ला अध्यक्ष इश्वरी तामाङको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन अखिल क्रान्तिकारीका जिल्ला अध्यक्ष बिपीन पोख्रेलले सञ्चालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार