
इलाम, आउँदो बैशाख ७ गतेदेखि इलामको देउमाई नगरपालिकामा ‘अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता’ हुने भएको छ । त्रिबेणी युथ फुटबल क्लबको आयोजनामा हुने प्रतियोगितमा भारतको एकसहित इलाम, काठमाडौ, झापा र सुनसरीमा आठ टिमको सहभागिता हुने जनाइएको छ । भानुभक्त माध्यमिक विद्यालयको प्राङ्गणमा हुने प्रतियोगितामा फ्रेन्स क्लव काठमाडौं, सिक्किम युनाइटेड सिक्किम, न्यू स्टार एफसी मोरङ गरी तीन टिमको सहभागिता हुने निश्चित भएपनि दिए ।
‘इलाम, झापा र मोरङबाट पनि केही टिम आउने भएका छन् तर निश्चित भइसकेको छैन ।’ श्रेष्ठले भने,‘हामी मिलाउने प्रयासमा छौं ।’ २४ लाख रुपैया लागतमा सकिने अनुमान गरिएको प्रतियोगिताको प्रथम पुरस्कार २ लाख २२ हजार रुपैयाँ, द्वितीय पुरस्कार एक लाख ११ हजार रुपैयाँसहित ट्रफी,मेडलको समेत व्यवस्था रहेको छ ।अध्यक्ष बिक्रम श्रेष्ठका उत्कृष्ट गोलरक्षक, उत्कृष्ट स्टाइगरलगायत प्रतियोगिताका सबै उत्कृष्टलाई समेत पुरस्कृत गरिने छ ।


1547 पटक हेरिएको 






