महानगरपालिकाको कार्यालयमा अज्ञात समूहद्वारा बम बिष्फोट

  सरलपाटी सम्वाददाता

 480 पटक हेरिएको

बिराटनगर । बिराटनगरमा आइतवार बम बिष्फोट भएको छ । महानगरपालिकाको कार्यालयमा भवनमा भएको बम बिष्फोट कसले गराएको हो भन्ने खुलेको छैन ।

बिष्फोटबाट झ्यालका सिसा र फर्निचरमा सामान्य क्षति पुगेको मोरङका प्रहरी प्रमुख मनोज केसीले बताए । उनका अनुसार भिडभाड हुने भवनको दोस्रो तलाको प्यासेजमा भएको बम बिष्फोटले मानविय क्षति भने भएको छैन ।
बम कसले र किन बिष्फोट गराएको हो भन्ने अहिलेसम्म खुलेको छैन् । केसीका अनुसार सुरक्षाकर्मी घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार