आगलागी पीडितलाई कोरियामा कार्यरत युवाहरुको सहयोग

  शंकर विस्वासी

 1153 पटक हेरिएको

दक्षिण कोरिया/इलामको उत्तरी क्षेत्रको धार्मिक तथा पर्यटकीय स्थल माइपोखरीमा गत फागुन ३० गते भएको आगलागीबाट पीडित परिवारलाई कोरियामा रहेका यूवाद्वारा राहत वितरण गरिएको छ ।
वैदेशिक रोजगारीको शिलशिलामा कोरियामा रहेका कवि तथा गीतकार खोम गुरुङ र युवराज लिम्बुको अगुवाईमा कोरियावासी नेपालीहरुबाट संकलित रकम गत शनिबार पिडित परिवारलाई वितरण गरिएको हो । आगलागीबाट सन्दकपुर गाउपालिका वडा न. २ माइपोखरिका चक्रमुखिया,कमल मुखिया,निमदोर्जे शेर्पा र लाक्पा शेर्पाको घर जलेर पूर्णरुपमा नष्ट भएको थियो । धार्मिक तथा पर्यटकीय स्थल माइपोखरिको गेट अगाडि संचालित होटल तथा पसल रहेका कारण आगलागीबाट करिब १ करोड ४० लाख बराबरको क्षति भएको अनुमान गरिएको छ । कोरियामा कार्यरत नेपालीहरु मार्फत संकलित नेपाली ९५ हजार ६ सय ४५ रुपैयाँ स्थानीय बुद्धिजीवीहरुको उपस्थितिमा पीडित परिवारलाई वितरण गरिएको कवि तथा गीतकार खोम गुरुङले जानकारी गराएका छन ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार