
इलाम।प्रधानमन्त्री केपी शर्मा ओलीले गीतकार एवं पूर्व प्रधानमन्त्री झलनाथ खनालको गिती एल्बम परिवर्तनका स्वरहरु भाग–२ को विमोचन गरेका छन् ।
एल्बमको विमोचन गर्दै प्रधानमन्त्री ओलीले नेपाल तीव्र परिवर्तनको क्रममा रहेको बताएका छन् । प्रधानमन्त्री ओलीले देशमा संघीय गणतन्त्र आउनु, संविधानसभाबाट संविधान जारी हुनु जनताले अधिकारको उपभोग गर्न पाउनु र विकास निर्माणको तिव्रताले देशमा परिवर्तनको क्रम बढेको बताएका छन् । ‘हाम्रो देशमा सकारात्मक परिवर्तनको क्रम बढेको छ’ प्रधानमन्त्री ओलीले भने ‘विकास र समृद्धिको अभियान सञ्चालन भएसँगै यो परिवर्तनले नेपालीको मुहारमा पनि उज्यालो ल्याउनेछ ।’
प्रधानमन्त्री ओलीले सरकारले अमुर्त समृद्धि र औषत सुखमा विश्वास नगर्ने बताए । ‘हामी औषतमा प्रतिव्यक्ति आय बढ्यो, औषतमा साक्षरता बढ्यो भन्ने कुरामा विस्वास गर्दैनौ’ प्रधानमन्त्री ओलीले भने, ‘हरेक व्यक्तिले महसुष गर्ने गरीको समृद्धि र सुख जनतालाई दिलाउन चाहन्छौं । सरकार सामाजिक न्याय सहितको समानताको पक्षमा छ ।’
प्रधानमन्त्री ओलीले पार्टीको अध्यक्ष र प्रधानमन्त्री भइसक्नु भएका नेता खनालको सृजनशिलताको प्रशंसा गरेका छन् । ‘व्यस्त दैनिकीबाट समय निकालेर झलनाथ जीले यती राम्रो सृजना गर्नुभएको छ’ प्रधानमन्त्री ओलीले भने, ‘वहाँको सृजनशिलता धेरैजनाको लागि यो प्रेरणाको स्रोत हुनसक्छ ।’


791 पटक हेरिएको 






