इलाम, ३ चैत
हिमालयन शेर्पा क्लब इलाममा जारी माइभ्याली गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । झापाको काँकरभिट्टाको फुटवल ट्रेनिङ सेन्टरलाई सेमीफाइनलमा ३–० गोल अन्तरले पराजित गर्दै हिमालयन शेर्पा फाइनलमा प्रवेश गरेको छ । प्रतियोगीताको उपाधिका लागि क्यामरुनको दाउफिन्स र शेर्पाकाबीच मंगलबार प्रतिष्पर्धा हुनेछ ।
पहिलो आफको इञ्जुुुुरी समयमा गोल गर्दै हिमालयनले खेलमा अग्रता लिएको थियो । विसन गुरुङ्गको कर्नरमा त्रिदेव गुरुङ्गले हेड मार्फत गोल गरेपछि शेर्पाले अग्रता लिएको हो । दोस्रो आफको १७ औ मिनेटमा झापाका खेलाडीले आत्माघाती गोल गरेपछि शेर्पाको २–० ले अग्रता कायम ग¥यो । हिमालयनका प्रविन थापाको प्रहारलाई क्लियर गर्न खोज्दा झापाका डिफेन्स विष्नु सुनुवारले आफ्नै गोलपोष्टमा गोल गरेका थिए । दोस्रो हाफको इञ्जुरी समयमा पिट्रिकको क्रसमा पुर्णबहादुर गुरुङ्ग गुरुङले सानदार गोल गर्दै टिमलाई ३–०को जित दिलाए ।
दोस्रो गोलपछि आक्रमक खेलेको झापाले काउन्टर मुभमा तेस्रो गोल ब्यहोर्नु परेको थियो । झापाका चारवटा प्रयासलाई हिमालयनका गोल रक्षक किशोर गिरीले फिका सावित गरिदिए ।
झापा विरुद्ध उत्कृष्ट प्रदर्शन गरेका किशोर खेलको म्यान अफ दि म्याच घोषित भए । उनले दश हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।
झापाका प्रशिक्षक मिनबहादुर बस्नेतले खेलमा तालमेल मिलाउन नसक्दा हार ब्यहार्नु परेको बताए । ‘रक्षा पंत्तिले बल क्लियर नगर्दा हार ब्यहोर्नु प¥यो’–बस्नेतले भने–‘पाएका मौका पनि सदुपयोग गर्न सकेनौ ।’ यता हिमालयन शेर्पाका प्रशिक्षक विजेन्द्र पुडासैनीले भने खेलाडीले रणनीति अनुसार खेलेकोले जीत हात पारेको बताए । ‘टिम स्प्रिट राम्रो भयो’–उनले थपे–‘जीतको मनस्थितिमा खेलेकोले राम्रो नतिजा आयो ।’ हिमालयन शेर्पा र क्यामरुनको दाउफिन्स बीच यो सिजनमा पहिलो भेट हो ।


855 पटक हेरिएको 






