एपिएफलाई हराउँदै क्यामरुनको दाउफिन्स माइभ्यालीको सेमीफाइनलमा

  सरलपाटी सम्वाददाता

 871 पटक हेरिएको

इलाम/अफ्रिकन मुलका खेलाडीको बाहुल्य रहेको क्यामरुनको दाउफिन्स क्लब सशस्त्र प्रहरीको एपिएफलाई हराउँदै इलाममा जारी माइभ्याली गोल्डकपको सेमी फइनमा प्रवेश गरेको छ । एपिएफलाई ३–१ गोल अन्तरले पराजित गर्दै दाउफिन्सले प्रतियोगिताको अन्तिम चारमा स्थान सुरक्षित गरेको हो ।
दाउफिन्सले खेलको शुरुवाती अग्रता लिएको थियो । खेलको १४ औ मिनेटमा पाएको कर्नरलाई सदुपयोग गर्दै दाउफिन्सले गोलको खाता खोलेको थियो । एचकाण्डाको कर्नर प्रहारलाई मिस्केभोले गोल गर्दै आफ्नो टीमलाई अग्रता दिलाएका थिए । पहिलो गोलको सात मिनेट नवित्दै मिस्केभोको क्रसमा पेट्न्गाले गोल गर्दै टिमलाई २–०को अवस्थामा पु¥याए । खेलको ६२ औ मिनेटमा मिस्केभोको कर्नरलाई पेट्न्गाले गोलमा परिणत गरेका थिए । एपिएफकने तर्फबाट खेलको ३५ औ मिनेटमा हरि कार्कीले गोल गरेका थिए । राजिव लोप्चनको प्रहार बारमा ठोक्किएर रिबाउण्ड भएपनि कार्कीले गोल गर्ने मौका पाएका थिए । खेलको म्यान अफदि म्याच दाउफिन्सका पेट्न्गा घोषित भए । उनले दश हजार रुपैयाँ नगद प्राप्त गरेका छन् ।
एपिएफका प्रशिक्षक सुदिप श्रेष्ठले भने रेफ्रिको गल्तिका कारण पहिलो गोल खानु परेको र त्यही गोल हारको टर्निङ्ग पोइन्ट भएको बताए । एपिएफले पहिलो गोल गोललाईन क्रस नुहँदै लाइन्समेनले गोलको इशारा गरेको आरोप लगाएको छ । ‘शारीरिक रुपमा हामीभन्दा टफ टिम हो, प्रतिष्पर्धा बराबरीनै भएको हो’श्रेष्ठले भने,‘रेफ्रीको गलत निर्णयले पहिलो गोल व्यहोर्नुप¥यो, त्यही गोल खेलको टर्निङ पोइन्ट बन्यो ।’
उनले आफ्नो टिमले सिर्जना गरेको अवस समेत प्रयोग गर्न नसकेको बताए । दाउफिन्सको पोष्ट नगरि एपिएफले छ वटा मौका निकालेको थियो । तर, त्यसमध्ये एउटाको मात्रै सदुपयोग भयो । फिनिसिङ लाइनमा देखिएको कमजोरीका कारण एपिएफ पहिलो खेलबाटै बाहिरिनु परेको हो । दाउफिन्सका म्यानेजर अशोक थापाले भने लकका कारण नतिजा आफ्नो पक्षमा आएको प्रतिक्रिया दिए । उनले गोललाईन क्रस गरेकै बललाई रेफ्रिले गोलको इशारा गरेको बताए ।
फाइनल प्रवेशका लागि नेपाल पुलिस क्लबले दाउफिन्सको सामना गर्नुपर्ने छ । यो सिजनमा पुलिसको दाउफिन्ससंग चौथो भेट हो । चार पटकको भेटमा पुलिस दुई पटक पराजित भएको छ भने एक पटक दाउफिन्सलाई पराजित गरेको छ । शुक्रबारको अन्तिम क्वर्टर फाइनल खेलमा मेची नेत्रालय झापाले नेपाली सेनाको त्रिभुवन आर्मी क्लवको सामना गर्नुपर्ने छ । त्रिभुवन आर्मी भर्खरै झापामा सम्पन्न झापा गोल्डकपको विजेता थियो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार