अवैध रुपमा लादै गरेको गोरु बरामद

  सरलपाटी सम्वाददाता

 528 पटक हेरिएको

इलाम । अवैध रूपमा नेपालबाट भारत लाँदै गरिएका कपडा र चुरोट प्रहरीले इलामको अन्तुस्थित छिरूवा नाकामा बरामद गरेको छ । प्रहरीले ३७ थान कपडा र एक सय ९३ डण्डा चुरोटसहित सातवटा गोरू र एउटा राँगा बरामद गरेको इलाका प्रहरी कार्यालय पशुपतिनगरले जनाएको छ । पशुचौपाया र अन्य सामग्री अवैध रूपमा लाने झापा बुद्धशान्ति गाउँपालिकाका ३७ वर्षीय खेमराज सुवेदी र मे १ च ४२६८ नम्बरको पिकप गाडी समेत पक्राउ गरिएको इलाका प्रहरी कार्यालय पशुपतिनगरका प्रहरी निरिक्षक हेमराज ओलीले जानकारी दिए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार