इलामको समृद्धिका लागि राजधानीमा लगानी सम्मेलन गरिने

नीति र कार्यविधि बन्दै

  सरलपाटी सम्वाददाता

 1511 पटक हेरिएको


इलाम। इलामलाई समृद्ध बनाउनका लागि इलाम नगरपालिकाले राजधानीमा लगानी सम्मेलन गर्न लागेको छ । नगरपालिकाले भदौंमा लगानी सम्मेलन गर्ने जनाएको छ ।
स्थानीय तहहरु मध्ये पहिलो पल्ट इलाम नगरपालिकाले यस्तो लगानी सम्मेलन गर्न लागेको हो । सम्मेलनका लागि तीब्र रुपमा तयारी भइरहेको छ । नगरपालिकाका प्रमुख महेश बस्नेतको संयोजकत्वमा तयारी समिति समेत गठन गरिएको छ । समितिमा उपप्रमुख सुशीला नेम्बाङ्ग, काठमाण्डौंको प्रतिनिधिको रुपमा अर्जुन भट्टराई, प्रदेश प्रतिनिधिको रुपमा कृष्ण साह, उद्योग वाणिज्य संघका अध्यक्ष आनन्द कट्टेल, प्रशासकीय अधिकृत महेन्द्र खाम्याङ्ग सदस्य रहेका छन् ।
इलामको समृद्धिका लागि घरेलु उद्योग, कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य र हाइड्रो पावरमा लगानी गर्नका लागि लगानी कर्ताहरुलाई प्रोत्साहित गरिने बताइएको छ ।
प्रशासकीइ अधिकृत खाम्याङ्गले लगानी आकर्षण तथा प्रवद्र्धन नीति र कार्यविधि तयारी गर्ने काम भइरहेको सदस्य कृष्ण साहले जनाएका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार