कोरियामा सुतेकै अवस्थामा एक नेपालीको निधन

  शंकर विस्वासी

 1341 पटक हेरिएको

दक्षिण कोरिया /दक्षिण कोरियाको राजधानी सौल बाट करिब ६८ किलोमिटर टाढा याङ्जु प्रान्तमा रहेको एक प्लाष्टिकको सामान बनिने कम्पनिमा कार्यरत एकजना नेपालीको सुतेकै अवस्थामा निधन भएको छ ।

मिक्लाजुङ गाउँपालिका साराङ्डाडा-२ पांचथर घर भएका २८ बर्षीय सनोज आङ्देम्बे लिम्बुको निधन भएको पांचथर सेवा समाज कोरियाका अध्यक्ष राजेन्द्र चेमजोङले जानकारि गराएका छन । चेमजोङका अनुसार मृतक लिम्बु इपिएस प्रणाली मार्फत कोरियाको पहिलो ४ बर्ष १० महिनाको कार्यकाल सकेर थप ४ बर्ष १० महिनाका लागि कमिटेड वर्करका रुपमा पून कोरिया आएका थिए ।

मृतक लिम्बु को श्रीमति र जेठा दाजु समेत इपिएस प्रणाली मार्फत कोरियामा नै कार्यरत छन । श्रीमति हाल बिदामा नेपाल गएकि छिन भने एकजना छोरा रहेका छन । बिदाको दिन परेकोले शनिबार राति करिब ११ बजे सम्म सङ्गै खानपिन गरेर सुतेको र बिहान अबेर सम्म पनि कोठा नखुले पछि कम्पनिमा कार्यरत कोरियन सहकर्मिको सहयोगमा ढोका फोरेर हेर्दा मृत अवस्थामा फेला परेको उनि सङ्गै काम गर्ने नेपालीले जानकारी गराएको आदिवासी जनजाति महासंघ कोरियाका उपाध्यक्ष गजेन्द्र शेर्माले बताए । मृतकको शव पोष्टमार्टम र अन्य प्रक्रियाको लागि स्थानीय अस्पतालमा राखिएको छ । रोजगारीको लागि पछिल्लो समय आकर्षक गन्तव्यको रुपमा रहेको कोरियामा विभिन्न कारणले मृत्यु हुनेको सङ्ख्या बढिरहेको छ ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार