चिकित्सा क्षेत्रको सुधारको माग गर्दै १५ पटक अनसन बसिसकेका प्रा.डा. गोविन्द केसीले भोलिसम्ममा आफूसँगको संझौता पूरा नभएमा १६ पटकको अनशन इलामबाट शुरु गर्ने भएका छन् ।
गत हप्ता अनशनका लागि इलाम आएका डा. केसीले सरकारलाई माग पूरा गर्न एक हप्ताको समय दिएर फिरेका थिए । उनले दिएको समय सीमा बुधबार (पुस २५) गते पूरा हुँदैछ । यसैले उनी मंगलबार इलाम आइपुगेका छन् । इलाम आएका केसी सञ्चारकर्मीहरुसँग कुरा गर्दै शिक्षा तथा स्वास्थ्य उपसमितिले जनताको हकहीत विपरित समितिलाई सिफारि गरेको बताए ।
शिक्षा स्वास्थ्य संसदीय समितिले आफूसँग भएको संझौता अक्षरंश पालना गरेर संसदमा पठाएन भने बुधबार ४ बजेपछि अनशन बस्ने डा. केसीले बताए । ‘उपसमितिले जनता र विद्यार्थी मार बुँदा राखेर समितिमा प्रतिवेदन बुझाएको छ, अब समितिले कस्तो निर्णय गर्छ हेर्छु ।’ डा. केसीले भने–‘संसदीय समितिले संझौता अनुरुप चिकित्सा शिक्षा विधेयक संसदमा पठायो भने मेरो अनसन फेरि केही दिनलाई पर सर्छ ।’
उनले अबको अनशन चिकित्सा शिक्षा सुधार मात्र नभएर भ्रष्ट नेताहरुको विरुद्धमा पनि हुने बताए । उनले भने,–‘ अबको लडाई कुशासन र कुशासनका किराहरु विरुद्ध पनि हुनेछ ।’
डा. केसीले प्रधानमन्त्री ओली र नेकपाका अध्यक्ष प्रचण्डलाई माफियाका संज्ञा पनि दिएका छन् । उनीहरुले जनताका लागि भन्दा पनि माफियाको पक्षमा काम गरेको उनको आरोप छ ।


882 पटक हेरिएको 






