प्याब्सन इलाममा पुनः विकास कर्माचार्य

  सरलपाटी संवाददाता

 988 पटक हेरिएको

निजी तथा आवासिय विद्यालय अर्गनाइजेन (प्याब्सन) इलाम को आठौं जिल्ला अधिवेशनबाट पुनः विकाश कर्माचार्य अध्यक्षमा सर्वसहमत निर्वाचित भएका छन् । अधिवेशनबाट वरिष्ठ उपाध्यक्षमा रगुन गुरुङ, उपाध्यक्षमा नुनुमा राई र उपेन्द्रदेव नारायण बराल, सचिवमा छविलाल लम्साल, कोषाध्यक्षमा टेकेन्द्र बस्नेत निर्वाचित चयन भएका छन् । यस्तै सह–सचिवमा मेघनाथ अधिकारी र विकाश राई, सह–कोषाध्यक्षमा रञ्जित श्रेष्ठ रहेका छन् ।
यसै गरी समितिको सदस्यहरूमा चन्द्रप्रकाश लिम्बू, गोपाल राई, चुडामणि आचार्य, विष्णु गड्तौला, खेमराज ढकाल रहेका छन् । प्याब्सन इलामका बरिष्ठ सल्लाहकार युवराज बाशिष्ठका अनुसार इलाम जिल्लाका प्याब्सन नगर अध्यक्षहरू स्वत्त जिल्ला कार्य समितिका सदस्य पदमा नियुक्त भएका छन् । यसरी नियुक्त हुनेमा सूर्योदय नगरपालिकाका अध्यक्ष लाकेल लामा, देउमाई नगरपालिकाका अध्यक्ष मनिकुमार तामाङ, इलाम नगरपालिकाका अध्यक्ष कुशबहादुर थेवे रहेका छन् ।
यस्तै आजै सम्पन्न बन्द सत्रले ७ सदस्य महाधिवेशन प्रतिनिधि समेत छनौट गरेको छ । महाधिवेशन प्रतिनिधिमा राजेन माइकल गुरुङ, युवराज रिजाल, ओमनाथ प्रधान, मनिकुमार राई, मिङ्मा राई, दलबहादुर राई, दानु राई रहेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार