निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन)को 8 औं अधिवेशन भोलिबाट इलाम सदरमुकाममा सुरु हुने भएको छ । आज इलाम सदरमुकाममा पत्रकार सम्मेलनमार्फत जानकारी दिदै कार्यक्रमको उद्घाटन प्रदेश नम्बर १ का सामाजिक विकास मन्त्री जीवन घिमिरेले गर्नुहुने छ ।
निजी क्षेत्रका विद्यालयको कला प्रस्तुत गर्नका लागि दिनभर जसो कार्यक्रमहरू तय गरिएका छन् । प्यावसनका अध्यक्ष विकास कर्मचार्यका अनुसार विहान ८ बजेबाट इलामको ठूलो टँुडिखेलबाट ३ देखि ४ सय सम्म विद्यार्थीको सहभागितामा ¥याली हुने भएको छ । यस्तै त्यसपश्चात् गौतम सभा गृहमा कार्यक्रम हुने जनाइएको छ । निजी विद्यालयमा रहेर लामो समय सेवा गरेका पाँच व्यक्तिलाई सम्मान गरिने छ । यस अवसरमा शिक्षक, शिक्षिकाहरू गंगाप्रसाद खनाल, सकुन्तला श्रेष्ठ, गत वर्षको प्रवेशिका परीक्षामा उत्कृष्ट ग्रेड ल्याउने आकृति भट्टराई र निरोज भण्डारी र पूर्व प्याब्सन जिल्ला अध्यक्षहरू युवराज बाशिष्ठ र प्रकाश बाशिष्ठलाई समेत सम्मानित गरिने जनाइएको छ ।
अध्यक्ष कर्मचार्यका अनुसार प्याब्सनको नयाँ कार्यसमिति १७ सदस्य बन्ने छ । उहाँका अनुसार एक अध्यक्ष, ३ बरिष्ठ उपाध्यक्ष,२ उपाध्यक्ष, एक÷एक सचिव, सह–सचिव, कोषाध्यक्ष र सह–कोषाध्यक्ष बन्ने छन् । यस्तै कार्य समितिमा ७ सदस्य रहने छन् ।


489 पटक हेरिएको 






