फाकफोकथुममा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

  सरलपाटी सम्वाददाता

 731 पटक हेरिएको

इलाम। दुर्गम क्षेत्रका बासिन्दालाई स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले इलामको फाकफोकथुम गाउँपालिकाको दुई स्थानमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । स्वास्थ्य संस्था नभएका फाकफोकथुम–१ को ठिङ्गेपुर र वडा नं ६ को पोखरी भन्ने स्थानमा स्वास्थ्य एकाइ स्थापना गरेको हो ।

सात वडा रहेको यस गाउँपालिकाको अन्य वडामा स्वास्थ्यचौकी रहेकामा यी दुई वडामा स्वास्थ्य संस्था नहुँदा यस क्षेत्रका स्थानीय बासिन्दा सामान्य उपचारका लागि पनि पञ्चमी, रबी, राँके, इलाम धाउनुपर्ने अवस्था रहेको थियो । गाउँ कार्यपालिकाले सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरेसँगै कर्मचारीसमेत नियुक्ति गरेको छ ।
सामुदायिक स्वास्थ्य एकाइमा औषधि तथा उपकरण व्यवस्थापन गर्ने गाउँपालिकाले जनाएको छ । ठिङ्गेपुर सामुदायिक स्वास्थ्य एकाइलाई हेरचाहका लागि उत्प्रेरणा परियोजनाअन्तर्गत करूणा फाउण्डेशनले रु ५० हजार बराबरको उपकरण सहयोग गरेको छ । स्वास्थ्य एकाइ तथा अन्य स्वास्थ्यचौकीका लागि गाउँपालिकाले औषधि खरीद गर्ने स्वास्थ्य संयोजक सञ्जयकुमार शाहले बताउनुभयो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार