दमक । स्कुल बसको ठक्करबाट झापाको कमल गाउँपालिका–५ स्थित पाडाजुङ्गी सडकखण्डमा एक जना पैदलयात्री महिलाको मृत्यु भएको छ । पूर्वबाट दमकतर्फ आउँदै गरेको दमकस्थित ग्लोबल एजुकेशन एकाडेमीको को १ क२३९० नम्बरको स्कुल बसले बाटो काट्ने क्रममा ठक्कर दिँदा झापा गौरादह नगरपालिका–४ का ६२ वर्षीया निर्मला कार्कीको ज्यान गएको रहेको इलाका प्रहरी कार्यालय दमकका प्रहरी निरीक्षक खगेन्द्र एक्तेनले जानकारी दिए ।
मृतकको चार घण्टापछि वतन खुलेको प्रहरीले जनाएको छ । मृतकलाई बाटो काट्ने क्रममा ठक्कर दिएको र उहाँको स्थानीय लाइफलाइन अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरी निरीक्षक एक्तेनले जानकारी दिए । प्रहरीले ठक्कर दिने बस र चालकलाई अनुसन्धानका लागि नियन्त्रणमा रहेको जनाएको छ ।


447 पटक हेरिएको 






