ओलीको कार्यशैलीप्रति प्रचण्ड पनि असन्तुष्ट

  सरलपाटी संवाददाता

 623 पटक हेरिएको

src=”https://www.saralpati.com/wp-content/uploads/2018/11/images.jpg” alt=”” width=”677″ height=”358″ class=”alignleft size-full wp-image-3323″ />काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्र प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको कार्यशैलीलाई लिएर असन्तुष्टि चुलिँदै गएको छ।

पार्टी सञ्चालन र सांगठनिक एकीकरण तथा राज्य सञ्चालनका महत्वपूर्ण निर्णयमा अध्यक्ष ओलीको भूमिकाप्रति शीर्ष नेताहरुसमेत असन्तुष्ट देखिएका छन्। पार्टी एकीकरणभन्दा अन्य विषयलाई नै ओलीले प्राथमिकतामा राखेको भन्दै सचिवालय सदस्य, स्थायी कमिटी सदस्य तथा केन्द्रीय सदस्यले ओलीको आलोचना गर्न थालेका छन्।,यो खबर आजकोनागरिक दैनिकमा छ ।

ओली कार्यशैलीबाट पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहालसमेत सन्तुष्ट नरहेको स्रोत बताउँछ। छलफल नै नगरी महत्वपूर्ण विषयमा एक्लै निर्णय गर्ने ओलीको कार्यशैलीप्रति संकेत गर्दै दाहाल निकट एक नेताले भने, ‘पछिल्लो समय उहाँ (ओली) को कार्याशैलीमा समस्या देखिन थालेको छ, उहाँको कार्यशैलीप्रति अध्यक्ष दाहाल पनि असन्तुष्ट हुनुहुन्छ।’ सांगठानिक एकीकरण, नेताहरुको जिम्मेवारी बाँडफाँट र पार्टी परिचालन विषय प्रधानमन्त्रीको प्राथमिकतामा नपर्दा पार्टी गतिविधि ठप्प भएको नेताहरुको आरोप छ।

हालै काठमाडौंमा आयोजना गरिएको एसिया प्यासिफिक सम्मेलनमा प्रधानमन्त्रीको भूमिकालाई लिएर पनि नेकपाभित्र असन्तुष्टि बढेको छ। पार्टीमा पर्याप्त छलफल नगरी उक्त सम्मेलनमा प्रधानमन्त्री ओलीले सहभागिता जनाएका कारण दाहाल पनि असन्तुष्ट रहेको स्रोत बताउँछ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार