अर्थोपेडिक जुत्ता वितरण

  सरलपाटी संवाददाता

 925 पटक हेरिएको

माई नगरपालिका र करुणा फाउण्डेसन नेपाल इलामको संयुक्त साझेदारीमा सञ्चालित हेरचाहाका लागि उत्प्रेरणा कार्यक्रम अन्र्तगत अपाङ्गता भएका १४ जना ब्यक्तिहरुलाई अर्थोपेडिक जुक्ता बितरण गरिएको छ ।
करुण अर्थोपेडिक इटहरी सुनसरीले तयार पारेको अपाङ्गता मैत्री जुत्तामाई नगरपालिकाका उप–मेयर बिष्णुमाया रिमाल र निमित्त प्रशासकीय प्रमुख पेशल पोख्रेलले वितरण गरेका हुन् । खुट्टामा समस्या भएकाहरुलाई कार्यक्रम मार्फत जुत्ता वितरण गरिने उपप्रमुख रिमालले बताए । ८४ हजार मुल्य बराबरको जुत्ता प्रदान गरिएको प्रमुख पोख्रेलले बताए । वितरण कार्यक्रममा नेदरल्यड नागरिक थोस, करुणाका रामेश्वर बोगटी, माई नगरपालिकाका चन्द्र पौड्याल लगायतको उपस्थिति थियो । कार्यक्रम नगरस्तरीय अपाङ्गता समिति माईका अध्यक्ष यदुनाथ दुलालको अध्यक्षतामा भएको थियो

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार