
इलाम।इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सोमबार दिउँसो विद्यार्थी संगठनहरू बीच विवाद हुँदा विद्यार्थीले क्याम्पस प्रमुखको कार्यकक्षमा रहेको दुईवटा टेबल र एउटा कुर्सीमा आगजनी गरेका छन् ।
एक साताअघि क्याम्पसमा भएको स्वागत कार्यक्रममा विद्यार्थीहरू बीच विवाद भएको र उक्त विवाद मिलाउन क्याम्पस प्रमुखले पहल नगरेको भन्दै विद्यार्थीहरूले आगजनी गरेको इलामका एसपी माधवप्रसाद श्रेष्ठले बताए । आगजनीपछि क्याम्पसमा प्रहरी पुगेको थियो ।
यसैबीच मेची राजमार्गको गोदकस्थित शिलपुरमा एउटा मोटर साइकलमा पनि आगजनी भएको छ । आज दिउसो साढे दुई बजेतिर को ८ प ३३७ नम्बरको मोटर साइकल जलिरहेको अवस्थामा भेट्टिएको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ । उक्त मोटर साइकल कस्को हो र कस्ले जलाएको हो भन्ने खुल्न नसकेको प्रहरीले बताएको छ ।


463 पटक हेरिएको 






