
काठमाडौं।प्रधानमन्त्री केपीशर्मा ओलीसँगचीनकाउपविदेश मन्त्रीवाङ वाजुनले आज भेटघाट गरका छन् ।
भेटका क्रममा प्रधानमन्त्री ओलीले नेपाली भूमि चीनका विरुद्ध प्रयोग हुन नदिने बताएका छन् । ‘हामी एक चीननीतिकापक्षमा छौं । यो हाम्रो स्थायीनीतिहो । यस नीतिलाई हामी आघात पर्न दिदैनौ’ प्रधानमन्त्री ओलीले भने ।
प्रधानमन्त्री ओलीले आफ्नो अघिल्लो प्रधानमन्त्रित्व कालमा चीनसँग भएको ट्रान्सपोर्ट र टा«न्जिट सन्धीलाई चाँडै कार्यन्वयनमा लैजाने पक्षमा रहेको बताए । ‘सन् २०१६को मार्चमाचीनसँगगरिएको सन्धीलाई हामी छिटै निष्कर्षमा पु¥याउदैछौं।’ प्रधानमन्त्रीओलीले भने, ‘हामीभूपरिवेष्टित देश भएकोले यो सन्धीमार्फत हामी समुद्रसम्मआफ्नो पहुँच बढाउन चाहन्छौं ।’
प्रधानमन्त्री ओलील ेचीनीयाँ राष्ट्रपति सि जिङ पिङलाई नेपाल भ्रमणको निमन्त्रणा पनि दिनु भएको छ । ‘हाम्रो सम्बन्धलाई थप सुमधुर बनाउनउच्चतहको राजन्ीतिक भ्रमण हुनु पनिआवश्यक छ ।’ प्रधानमन्त्रीओलीले भने ‘चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई निकट भविष्यमा नेपालमाहामी स्वागतगर्न आतुर छौं ।’
उपविदेश मन्त्री वाङले नेपाल–चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताएका छन् । गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल–चीन सम्बन्धका थुप्रै आयामहरुका बारेमा सहमति भएकोले त्यसलाई कार्यन्वयन गर्नका लागि चीन आतुर रहेको बताए । ‘सरकार सरकारका बीच र जनस्तरबाट पनिनेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमात्यसलाई उपयोग गर्नु पर्दछ ।’ वाङले भने ।


446 पटक हेरिएको 






